विराटनगर कार्यपालिकामा कांग्रेस–जसपा गठबन्धन पराजित



विराटनगर ।

विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ ।
कार्यपालिका निर्वाचनमा मतदाता हरेका ९७ सदस्यमध्ये ५० मत रहेको कांग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उमेद्ववार निर्वाचित भएका हुन् ।

कांग्रेस नेता डा.शेखर कोइरालाको गृहनगर विराटनगरमा जसपासँग गठबन्धन गर्दा बहुमतमा रहेको कांग्रेसका सबै उम्मेदवार पराजित भएका हुन् । यसअघि कोइरालाकै क्षेत्रमा रहेको बुढिगंगा गाउँपालिकामा एकल बहुमतमा रहेको कांग्रेसका उमेद्ववारहरू कार्यपालिका निर्वाचतमा पराजित भएका थिए ।

महानगरमा एमालेले उपमेयरसहित ४३ र कांग्रेसले मेयरसहित ४० जनप्रतिनिधि जितेको थियो । यस्तै जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए ।शनिबार भएको कार्यपालिका चुनावमा कांग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्रसँग गठबन्धन गर्दा ४६ मत मात्रै थियो । तर, जसपा र कांग्रेसका केही जनप्रतिनिधिले एमाले उमेद्वारलाई मत दिँदा कांग्रेस र जसपाका सबै उम्मेदवार पराजित भए ।

मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दीपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिव साह ५२ मत ल्याएर विजयी भएका छ्न् । अल्पसंख्यकमा कांग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गपर पराजित भएका छन् ।

महिलातर्फ सबै एमाले उमेद्ववार विजयी भएका छन् । एमालेका सन्तलीदेवी विश्वास ५५ कमला श्रेष्ठ, ५५, ताराकुमारी राय ५३ सरिता घिमिरे नेपाल ५३ र खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका पराजित उम्मेद्वारहरू अन्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रूपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवी साहले ४० मत मात्रै पाएका थिए ।

विराटनगरमा गठबन्धन उम्मेद्वारलाई चुनावअघि जसपा त्यागेर मेयरमा स्वतन्त्र उम्मेद्ववारी दिएका उमेश यादवले सघाएका थिए । यादवकै पहलमा जसपाका अधिकांश जनप्रतिनिधिले एमालेलाई मत दिएको पाइएको छ । गठबन्धन पराजित भएसँगै महानगर कार्यपालिकामा एमालेको बहुमत पुगेको छ ।

मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र अहिले निर्वाचित ८ सदस्यसहितको २९ सदस्यीय महानगर कार्यपालिकामा एमालेका उपमेयर, ९ वडाध्यक्षसहति १६ जना भएका छन् । कार्यपालिकामा कांग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष कार्यपालिकामा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्