राणा शासन मुक्त गर्ने प्रयासमा राजा त्रिभुवनको दिल्ली प्रस्थान

(फरइभर इन्कम्प्लिट– दी स्टोरी अफ नेपाल पुस्तकको च्याप्टर ५ मा पर्ने ‘विक्रम संवत् २००७ साल’को शिवलाल श्रेष्ठद्वारा अनुदित नेपाली अंश १०)



  • महेन्द्रमान सिंह 

महिनौंको गुप्त छलफल, विचार विमर्श र योजनाहरूको तर्जुमापश्चात् अन्ततः फल प्राप्ति भयो । अब नेपाल नरेश सर्वशक्तिमान राणा प्रधानमन्त्रीको मुठ्ठीबाट आजाद थियो । उनी आफ्नै देशभित्र, आफ्नै राजदरबारमा कैदी बन्नु परेको थिएन । उनले राणा प्रधानमन्त्रीको आदेश पालन गर्नु बाध्यता थिएन ।

दरबारबाहिर निस्कन उनले त्यस्तो तथाकथित पारिवारिक वनभोजको मिथ्या नाटक रची अनुमति लिई राख्नु आवश्यक थिएन । उनको हातमाथि परिसकेको थियो । अब उनी कामलाई प्रभावित गर्न सक्ने र निर्णय लिन सक्ने बनीसकेका थिए । मोहन शमशेरले राजालाई फर्काउन अनिच्छाका साथ प्रयास थाले, तर केही लाभ भएन ।

राजाले प्रधानमन्त्रीबाट पठाएका कुनै दूतसँग भेटन इन्कार गरेको थियो ।सन् १० नभेम्बर १९५० (२००७-०७-२५) बिहानी १०ः०० बजे भारतीय वायु सेनाका दुई डीसी ३ विमान काठमाण्डु विमान स्थलको धावनमार्गमा उत्रियो । लगतै भारतीय सेनाको एक अधिकृत र कडा सुरक्षाको अनुरक्षणमा राजा त्रिभुवन र अन्य शाही परिवारका सदस्यहरूलाई विमान स्थलतर्पm लगियो । बाटोको छेउछेउमा आफ्नो राजालाई छिटो फर्कि आउने कामनाका साथ जनभीड ओइरिएका थिए ।

राजाले बहुसंख्यक जनतालाई पटकपटक जनताका लागि बाहिर जानलागेको र छिटै फर्केर आउने आश्वासन दिएका थिए । राजदूतले पनि राजाको सुरक्षाप्रति जनतालाई आश्वस्त पारेका थिए । मध्यान्नताका वायुयान दिल्लीको लागि उड्यो र करिब दिउँसोको ३.४५ बजे दिल्ली विमानस्थलमा उत्रियो । राज परिवारलाई उच्च सम्मानका साथ भारतीय राष्ट्रपति राजेन्द्र प्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरू र कमान्डर इनचीफ जनरल करिअप्पा तथा अन्य उच्चपदाधिकारीहरूले भव्य स्वागत गरेका थिए । त्यहाँबाट राजपरिवारलाई हैदरावाद हाउसमा लगियो ।

डा.कुँवर इन्द्रजित सिंहले सोध्यो ‘के हाम्रा सैन्य अधिनायकलाई ३०३ राईफलको गोलीको लम्बाई कति हुन्छ भन्ने थाह छ ?’ भेला भएकाहरूले अट्टाहास गरे । मात्रिकाप्रसाद कोइरालालाई पार्टी अध्यक्ष छानेको र सशस्त्र सङ्घर्ष सञ्चालन गर्ने संपूर्ण शक्ति अध्यक्षमा निहित गरेकोमा आफ्नो असन्तुष्ट प्रदर्शन गर्ने त्यो उनको अन्दाज थियो । भारतको सीमावर्ती शहर, बैर्गनियामा भएको उक्त भेलामा नेपालको विभिन्न भेगबाट र भारतमा बसिरहेका नेपालीहरूसमेत गरी २०० प्रतिनिधिहरू जम्मा भएका थिए । वास्तवमा डा.सिंहलाई के.आई.सिंहको नामबाट बढी जानिन्छ र त्यस भेलामा उनले नेपालको पश्चिम भेगलाई प्रतिनिधित्व गरिरहेका थिए । कोइरालाले उक्त सशस्त्र सङ्घर्ष भनेको अगस्ट १९४२ को भारतीय क्रान्तिको पुनरावृत्ति जस्तोमात्र हो भनेका थिए ।

‘म बृटिस साम्राज्य अन्त्य गर्न राजाको प्रथममन्त्री बनेको होइन!’ भारत मामिलामा सर विन्सटन चर्चिलले उठाएका कदम विरुद्धमा उठेको चर्को आवाजप्रति उनले रीसले गर्जिदै त्यसरी जवाफ दिएको थियो । जहाँसम्म भारतमाथि जुनसुकै बेला जापानले आक्रमण गर्न सक्ने सम्भाव्यतालाई मध्यनजरमा राखी उनले सर स्टेफोर्ड क्रिप्पसलाई भारत पठार्ई युद्धका बेला बृटेनलाई पूर्ण सहयोग गर्ने भारतीय राष्ट्रिय कांग्रेसमा निर्भर कुरा हो भन्दै भारतलाई पूर्ण स्वतन्त्र–उपनिवेशको दर्जा प्रदान गर्ने प्रस्ताव पठाएको थिए । त्यस्तै प्रस्ताव भारतका राजवडाहरूलाई पठाएर उनीहरू बृटेनसँग छुट्टै सम्झौता गर्न स्वतन्त्र रहेको जानकारी दिएको थियो ।

भारतलाई अनन्तकालसम्म छिन्नभिन्न बनाई राख्ने उक्त प्रस्तावलाई महात्मा गान्धीले ठाडै अस्वीकार गरे । ‘म तुरुन्तै स्वतन्त्रता चाहन्छु । आजै राती, सकभर प्रातःकालभन्दा पहिला नै’ उनले रिसको आवेगमा ओठे जवाफ दिएका थिए । आफ्नो दृष्टिकोणलाई पुट दिन उनले ८ अगस्ट १९४२ (१९९९-०४-२४) मा बृटिस “भारत छोड!” भन्ने नयाँ अभियान चलाए र आफ्ना समर्थकबीच“गर या मर!” भनी आव्हान गरे ।
गान्धिको आह्वानमा देशभर सयौं हजार भारतीय सडकमा ओलिए ।

भारतमा अध्ययन गरी बसेका नेपाली विद्यार्थी पनि त्यस हुलमा सरिक भएका थिए । त्यसबेला भारतको लागि भ्वाइसराय, लर्ड लिनलिथगोले त्यसलाई दमन गर्न कठोर कदम उठायो । गान्धिलगायत भारतीय राष्ट्रिय कांग्रेसका संपूर्ण कार्यकारिणी सदस्यहरू नजरवन्द बनाइए । त्यसले गर्दा जनता आक्रोशित भए र झन तीव्र विरोध गर्न थाले । उनले त्यस विरोधलाई पनि निर्दयातापूर्वक दमन गरे । विद्रोह दमन गरिनुभन्दा पहिला १६ सेप्टेम्बर १९४२ (१९९९-०५-१६) मा झण्डै ९०० जनाको ज्यान गईसकेको थियो भने सरकारी सम्पत्तीतर्फ पुलिस चौकी, सरकारी भवनहरू, रेलमार्ग तथा टेलिग्राफलाइनहरू गरी झण्डै १,०००,००० स्टर्लिन पाउन्ड बराबर नष्ट भइसकेको थियो ।

नेपालको समस्या भनेको त्यसबेला अधिराज्यभरि गरेर १,०००,००० स्टर्लिन पाउन्ड बराबरको भौतिक संरचानाको पूर्वाधार नै थिएन । केवल छोटो दूरीको दुईवटा छोटो गेजको रेलमार्ग मात्र थियो । एउटा वीरगञ्जदेखि अमलेखगञ्जसम्म र अर्को पूर्वी तराईको जनकपुरदेखि जयनगरसम्म चल्थ्यो । अधिकांश बहुमूल्य एवं विशाल, भव्य दरवारहरू काठमाडौं उपत्यकाभित्र राणाहरूको मात्र थियो । टेलिग्राफलाइन नै थिएन । छानेर ध्वस्त पार्नको लागि क्रान्तिकारीहरू समक्ष अविकसित भौतिक संरचनानै बाधक थियो । उनीहरूको लक्ष्य भनेको सुरुक्षाचौकी ध्वस्त पार्नु र लगाउने नारा “ईनकिलाव जिन्दावाद! राणा शासन मुर्दावाद! श्री ५ त्रीभुवन जिन्दावाद!” मा सिमित थियो ।

हुनलाई त २६ सेप्टेम्बर १९५० (२००७-०६-१०) मा भारतको बैरगनीयाको मिटिङ्गले राणा शासन विरुद्ध सशस्त्र विद्रोह छेडने प्रस्ताव पारित गरेको भए तापनि कहिलेबाट गर्ने किटान नगरी उपयुक्त र अनुकूल परिस्थितिमा प्रारम्भ गर्ने नीति लिएको थियो । राजा त्रिभुवनको दिल्ली प्रस्थानसँगै क्रान्तिकारीहरूको लागि कान्तिको गति निर्धारण गर्ने चाँजो मिल्यो । राजाले यसपटक काठमाण्डुमा बन्दी बनाइएका बिद्रोहीहरूको जीवन रक्षा गर्न सकेका थिए ।

साँझ ६ः०० बजेतिर हिमालयन वायुसेवाको डीसी–३ भीटिओओजेड विमान काठमाण्डु उपत्यकाको आकाशमा घडघड आवाजको साथ मडारीरहेको थियो । नभेम्बरको १० मा उपत्यकाको आकाश व्यस्त प्रायःथियो । दिनको प्रारम्भमै भारतीय वायुसेनाको दुई विमान डीसी–३ उत्रियो र शाही परिवार लिएर उड्यो । अहिले अर्को डीसी–३ काठमाण्डुको आकाशमा मडारीरहेको थियो । त्यसबेला आकाशमा देखिने वायुयान अनौठो हुन्थ्यो, तसर्थ ठूलो आवाज निस्कने धातुको उक्त चरो हेर्न मानिसको घाँटी स्वभाविक तवरमा आकाशतिर तन्केको हुन्थ्यो । वायुयान कोल्टे परेर धेरै तलसम्म उडान भर्दै त्यसमा भरेर ल्याइएको वस्तु खसाल्यो ।

त्यो राजा त्रिभुवनले सुझाए जस्तो कुनै बम्ब थिएन तर बम्ब जस्तै र अझ भन्नुपर्दा त्योभन्दा बढी विस्फोटक समग्री थियो । त्यो आकाशबाट फुरफुर हुँदै झर्दै गरेको कागजका टुक्राहरू क्रान्तिको आव्हान गरिएको पर्चा थियो । त्यस्तै पर्चा वीरगञ्ज र बाटोमा पर्ने अन्य गाऊँहरूमा पनि खसालेको थियो । दुई दिनपछि विराटनगर, सिमरा, धनकुटा र सीमावर्ती शहरका मानिसहरूले पनि मजासँग उक्त पर्चा लिइरहेका थिए । धेरैजसोले फुरफुर हुँदै झरीरहेको उक्त पर्चा उफ्रिउफ्री टिप्दै र सक्दो चर्को आवाजमा पढि पनि रहेका थिए । उकुसमुकुस रहेको मनोवेग इन्किलाव जिन्दावाद!!! राणा शासन मुर्दावाद!!! को नारामा उम्लेर बाहिर निस्किरहेको थियो । त्यस पम्प्लेटले देशभर क्रान्तिको ज्वालालाई झनै सल्काइ दियो । त्यस परिस्थितिले वीरगञ्जका बडाहाकिम सोम शम्शेर अतालिएर किंमकर्तव्यविमूढ बन्न पुगेका थिए ।

भारतमा राणाका विरोधिहरूले राजासँग मिलेर जाहानियाँ राणा शासनलाई ¥याक¥याकती तुल्याइरहेको थियो । बालक राजकुमार ज्ञानेन्द्रलाई गद्दी आरोहण गरेको उनीहरूको मुर्खतापूर्ण कार्यको न केवल नेपाल भित्रमात्र विरोध भएको थियो अपितु भारत सरकारले समेत भत्सना गर्दै बालक राजकुमारलाई नेपालको राजा मान्न ठाडै अस्वीकार गरेको थियो । बृटेन र युएसएले पनि केही द्विविधापछि भारतको सुझावमा आफ्नो समर्थन फिर्ता लियो । त्यतिन्जेल राणाले साम्यवादी राष्ट्र चीनसित कुनै कूटनीतिक सम्बन्ध गाँसिसकेको थिएन । १०४ वर्षे जाहानियाँ राणा शासनको अन्त्य हुने कार्य प्रारम्भ भएको थियो । रक्तपातबाट प्रारम्भ भएको रक्तपातबाटै अन्त्य हुनु थियो ।

नभेम्बर ९ मा कलकत्ताको चौरंगीस्थित जनरल सुवर्ण शमशेरको निवासमा शिघ्रतासँग बसेको बैठकमा राजाको कदमलाई स्वागत गरियो र त्यसलाई समर्थन दिन वचनवद्ध हुँदै राजालाई समर्थन गर्न भारतसँग आग्रह गर्दै सशस्त्र विद्रोह शुरू गर्ने घोषणा गरको थियोे । दुई उच्च स्तरीय कमान गठन गरियो – पूर्वीय क्षेत्रको सुपरीक्षणको जिम्मा वी.पी.कोइरालामा र पश्चिमी क्षेत्र महेन्द्र बिक्रमको जिम्मामा दिइयो । जनरल सुवर्ण शमशेर सेना परिचालनको कमान्डरको हैसियतमा दुवै क्षेत्रको संयोजक भए । थीर बम मल्ल यसको लागि तयारी गरिरहेको थियो । हिमालयन वायुसेवाको यानमा यस्को झन्दै एक हप्ताअगाडि नभेम्बर ३ मा बर्माबाट हतियारको पहिलो खेप पटनामा ओरालिसकेको थियो । ती हतियारहरू भारत सीमासँग जोडिएका नेपालको विभिन्न स्थानहरूमा पु¥याइयो ।
(क्रमशःअर्को मंगलबार)

प्रतिक्रिया दिनुहोस्