उदयपुर त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी



उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

आज (सोमबार) अद्यावधिक भएको मतपरिणामअनुसार कांग्रेसका वसन्त कुमार बस्नेतले १३ हजार ९५९ मत प्राप्त गरी मेयर पदमा विजयी भएका छन् । त्यस्तै एमालेकी महेश्वरी राई १३ हजार ७०३ मत प्राप्त गरी उपमेयरमा विजयी भएकी छन् ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा विवाद भएर १ जनाको मृत्यु भएपछि मतपेटिका उठाउन ढिला भएको थियो । सर्वदलीय सहमति गरेर मतपेटिका उठाइ ढिला मतगणना सुरु भएको थियो ।

ढिलै भए पनि आज परिणाम घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुर त्रियुगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्