कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार निर्विरोध



पर्वत  ।

पर्वतको महाशिला गाउँपालिकाको कार्यपालिका सदस्य पदमा नेकपा एमालेका उमेदवार सर्वसम्मत निर्वाचित भएका छन । कार्यपालिका सदस्य पदको निर्वाचनमा नेकपा(एमाले)को तर्फबाट मात्रै उमेदवारी परेका कारण कार्यपालिका सदस्य निर्बीरोध निर्वाचित भएका हुन ।

कार्यपालिका सदस्यमा एमालेका तर्फबाट चार जना महिला उमेदवार तथा दलित तथा अल्पसंख्यकबाट पनि दुई जना सदस्य एमालेकै उमेदवारको मात्रै उमेदवारी परेको छ ।

४ जना कार्यपालिका सदस्यमा गिता सुनार, कल्पना क्षेत्री, निरुमाया नेपाली र जैपदी मल्ल निर्वीरोध निर्वाचित भएका हुन भने दुई जना दलित तथा अल्पसंख्यक सदस्यमा बिष्णुराम बिक र झलक नेपाली निर्वाचित भएका हुन ।

महाशिलामा नेकपा(एमाले)का तर्फबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित २६ जना निर्वाचित भएका छन भने गठबन्धनको तर्फबाट एक वडा अध्यक्ष सहित ५ तथा राप्रपाका तर्फबाट एक जना सदस्य निर्वाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस्