केदारस्युँ ‘उज्यालो’ गाउँपालिका बनाउँछौँ : अध्यक्ष बोहरा 



बझाङको केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेश बोहराले पालिकाका प्रत्येक घरमा बिजुली बत्तीको व्यवस्था गरेर ‘उज्यालो’ गाउँपालिका बनाउने बताएका छन् । पालिकाका केही वडाहरूमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगिसकेको बताउँदै अध्यक्ष बोहराले बाकी सबै वडाहरूमा विद्युत् पुर्यााएर उज्यालो गाउँपालिका बनाउने बताए । प्रत्येक घर परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने योजना पनि अध्यक्ष बोहराको प्रमुख प्राथमिकता भित्र परेको छ । आफ्नो आगामी पाँच वर्षको कार्यकालको मुख्य प्रतिविद्धतामा अध्यक्ष बोहराले सबै वडामा ल्याब र एक्स(रे सेवाको व्यवस्था गर्ने, ज्येष्ठ नागरिक, असहाय, फरक क्षमता भएका व्यक्ति हरेक हरेक दुई महिनामा बिरामीको घरमै पुगेर स्वास्थ्य चेकजाँच तथा उपचार गर्ने जस्ता योजना पनि रहेको बताए । साथै आमाबुवा नभएका टुहुरा व्यसहारा बालबालिकाहरूलाई पठनपाठनका लागि आवश्यक सामग्री कलम, कापी, झोला, पोसाक लगायतको व्यवस्था गर्ने उनको भनाई छ ।शाखा सडकहरू निर्माण, मर्मत तथा स्तर उन्नति गर्ने, सरकारी सङ्घसंस्थालाई प्रविधि मैत्री बनाउने, गरिब घर परिवारलाई आत्म निर्भरताका लागि पशुपक्षी वितरण गर्ने, भौगोलिक विशेषताका आधारमा कृषि उत्पादनमा जोड दिई आवश्यकता अनुसार पकेट क्षेत्रको स्थापना गर्ने लगायतका योजनाहरू अध्यक्ष बोहरासँग छन् । नेकपा एमालेका लोकेश बहादुर भण्डारीलाई १ हजार ९१३ मतले पछि पार्दै एकीकृत समाजवादीबाट गाउँपालिकाको अध्यक्षमा विजयी भएका बोहराले ४ हजार ३२१ कूल मत पाएका थिए । बझाङबाट मानबहादुर बोहराले उनै नवनिर्वाचित अध्यक्ष गणेश बोहरासँग गरेको कुराकानी यहाँ प्रस्तुत छ ।

निर्वाचित भएर आउनु भयो । कसरी काम गर्ने योजना छ ?
सर्वप्रथम त सम्पूर्ण केदारस्युँबासी आमाबुवा, दाजुभाइ, दिदी बहीनीहरुलाई म धन्यवाद दिन चाहन्छु । म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु । सम्पूर्ण केदारस्युँबासीहरुले म प्रति ठुलो विश्वास राखेर अत्यधिक बहुमतले मलाई विजय गराइदिनुभएको छ । उहाँले म माथि ठुलो भरोसा राख्नु भएको छ । ठुलो आसा राख्नु भएको छ । म जनताको बीचमा घरदैलो कार्यक्रममा जाँदा सबै सँग भेटघाट भयो । उहाँहरूले आफ्ना समस्या सुनाउनु भएको छ । उहाँहरूको ती वास्तविक समस्याहरू सँग म जानकार छु । मलाई केदारस्युँका जनताले जुन भरोसाका साथ मलाई मतदान गर्नुभएको छ म अबका दिनमा आम केदारस्युँबासीका आसा र भरोसालाई मर्न दिने छैन म त्यो काम मैले बाचा गरे अनुसार गर्नेछु ।

यो भन्दा पहिला तपाई वडा अध्यक्षको भूमिकामा हुनुहुन्थ्यो । अहिले पालिकाको अध्यक्षमा विजय हुनुभएको छ । तपाई सँग जनताले के कस्ता आसा गरेका छन् रु के कस्ता विषयहरू तपाईँको मुख्य प्राथमिकतामा छन् ?
मलाई लाग्छ । मैले अहिले जुन प्रतिफल पाएँ त्यो म वडा अध्यक्ष हुँदाको त्यो पाँच वर्षको काम गराई हो जस्तो लाग्छ । २०७४ सालमा पनि म अत्याधिक बहुमतका साथ ८ नम्बरको वडा अध्यक्षमा निर्वाचित भएको थिए । त्यस पश्च्चात त्यो वडा र गाउँपालिकामा मैले धेरै काम गरेको छु । मैले तत्कालीन समयमा गरेका कामहरू, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेका कामहरू देखेर केदारस्युँ बासीहरूले मलाई आसा र भरोसा गरेका हुन जस्तो लाग्छ ।जनताका वास्तविक समस्याहरू सँग म जानकार छु । केदारस्युँका जनताले जुन भरोसाका साथ मलाई मतदान गर्नुभएको छ, म अबका दिनमा आम केदारस्युँबासीका ती आसा र भरोसालाई मर्न दिने छैन । मैले बाचा गरे अनुसार काम गर्नेछु ।

जनताको त्यो आसा र भरोसा अनुसार तपाई के कस्ता काम गर्नुहुन्छ त ?

धेरै काम गर्ने योजना छ । केही काम कर्मागत जालान् । तर मैले सबै भन्दा पहिले गर्न पर्ने काम यो केदारस्युँ गाउँपालिकामा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने आवश्यकता देखेको छु । प्रत्येक घरधुरीलाई स्वच्छ खानेपानी पुर्यावउने योजना मेरो पहिलो प्राथमिकतामा रहनेछ । अहिले गाउँपालिकाको वडा नम्बर ९, १ र ४ का प्रायः ठाउँमा बिजुली बत्तीको केन्द्रीय प्रसारण पुगी सकेको छ । त्यस्तै ८ र ६ नम्बरमा माइक्रो हाइड्रोबाट बिजुली बलिरहेको छ । ती बाहेक पालिकाका अन्य वडाहरू अहिले पनि अँध्यारोमा रहेका छन् । म मेरै कार्यकालमा सकेसम्म पालिकाका सबै घरधुरीमा केन्द्रीय बिजुली बत्ती पुर्याकउने काम गर्नेछु । यदि त्यसो सकिएन भने माइक्रो हाइड्रोबाट भए पनि पालिकालाई झिलिमिली बनाउने र उज्यालो पालिका बनाउने मेरो दोस्रो लक्ष्य रहेको छ ।

कृषि क्षेत्रमा पालिकाको योजना के छ ?

मैले यो भन्दा पहिले पनि पाँच वर्षे कार्यकालमा कृषि क्षेत्रमा धेरै काम गरेको छु । हामीले उत्पादनका आधारमा र भौगोलिक आधारमा केही ठाउँलाई पकेट क्षेत्रको रूपमा पनि अगाडी बढाएका छौँ । त्यही आधारमा उन्नत खालको विउँ विजन दिने, टनेल, हाते ट्याक्टर वितरण गर्ने, सिचाइ नहरको व्यवस्था गर्ने काम गरेका छौँ । कृषकहरूलाई तालिम दिने काम पनि गरेका छौँ । अब चाहिँ यो पाँच वर्षभित्र पनि मैले कृषिलाई नै पहिलो प्राथमिकतामा राखेको छु । मुख्यतः जनताको जीविकापार्जनसँग गाँसिएको हुनाले अब कृषि उत्पादन बढाउनु पर्छ । जबसम्म हामी कृषि उत्पादन बढाउन सक्दैन तबसम्म हाम्रो आयआर्जन पनि बढ्न सक्दैन त्यस कारण हामीले किसानहरूलाई के भनेका छौँ भने, ( तपाई फम दर्ता गर्नुहोस् हामी नगद नै अनुदान गर्ने व्यवस्था गर्ने छौँ ।

भौगोलिक दृष्टिकोणले केदारस्युँ गाउँपालिका अलिकति अप्ठ्यारोमा छ । अहिले पनि प्रत्येक बस्ती बस्तीमा सडक पुर्याणउन सकिरहेका छैनौँ । त्यस्ता बस्तीहरूमा जुन कृषि सामग्रीहरू उत्पादन भइरहेको छ त्यसलाई बजारमा ल्याउनको लागि महँगो हुने गरेको छ । जस्तो हाम्रो गाउँघरबाट मुख्य बजारहरू देउरा झोता बागथला ल्याउन महँगो हुने गरेको छ । यी सबै समस्या समाधान तथा ढुवानीको लागि हामीले काम गर्नेछौँ । जो जति विदेशमा गएका युवाहरू छन् ती युवाहरूलाई स्वदेश फर्काउनको लागि अब कृषिमा जोड दिन अति नै आवश्यक छ । हामी त्यसैलाई मध्यनजर गर्दै काम गर्नेछौँ । हामीले विद्यालयका भवनहरू बनायौँ । सडक बनायौँ । संरचनाहरू निर्माण गर्यौाँ । अब भनेको कृषि क्षेत्र लाइनै पहिलो प्राथमिकतामा राख्ने हो । सम्पूर्ण गाउँवासीहरूले स्वच्छ खानेपानी पाउनुपर्छ । त्यस्तै विद्युत् र त्यसपछि कृषि यी तीन वटा कुरामा हाम्रो विशेष प्राथमिकता रहने छ ।

स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पालिकाको योजनाबारे पनि बताइदिनुहोस् न ?

स्वास्थ्य क्षेत्रमा भन्नुहुन्छ भने अहिले हाम्रो गाउँपालिकाको केन्द्र देउरामा १५ सैय्याको अस्पताल निर्माणाधीन अवस्थामा छ । हामीले झन्डै एक वर्षदेखि डाक्टर पाइराखेका छैनौँ । त्यो समस्यालाई हामी जसरी पनि समाधान गर्नेछौँ । हामी सक्दो चाँडो नै एमबिबिएस डाक्टरको व्यवस्था गर्नेछौँ । हाम्रो पालिकाका सबै वडामा स्वास्थ्य संस्था रहेका छन् । ती स्वास्थ्य संस्थामा ल्याब र भिडियो एक्स-रेको व्यवस्था हामी गर्नेछौँ । सुत्केरी महिलालाई समस्या हुने गरेको छ । त्यसलाई अन्त्य गर्न भिडियो एक्स-रे सञ्चालन गर्नु अनिवार्य ठानेको छु । त्यस्तै स्वास्थ्यकर्मीलाई विभिन्न आवश्यक तालिमको पनि व्यवस्था गरिने छ ।शिक्षाका लागि धेरै संरचना बनिसकेका छन् । अब केही बनाउन बाँकी छन् । विद्यालयलाई गुणस्तरीय बनाउनको लागि पाठ्यसामग्री अनिवार्य बनाउन आवश्यक ठानेको छु । प्रत्येक विद्यालयमा लगभग सामाग्री के कति कमी कमजोरी छ त्यसको तथ्यांक हामी सङ्कलन गर्नेछौँ र आवश्यकता परेको सामग्री उपलब्ध गराउन पहल गर्नेछौँ । यो भन्दा अगाडी पनि विद्यालयमा समस्या थिए । त्यहाँ अभिभावकहरूले चन्दा सङ्कलन गर्नुपरेको थियो । त्यस्तो समस्यालाई केही हदमा न्यूनिकरण गर्नको लागि हामीले यस अघि पनि पालिकामा झन्डै ६र७ दर्जन शिक्षकहरूको व्यवस्था गरेका थियौँ । जसले गर्दा अभिभावकहरूले चन्दा दिएर शिक्षकलाई पाल्नुपर्ने दिनको अन्त्य भएको छ । शिक्षकलाई तालिम लगायतको व्यवस्था गर्नेछौँ । सामाग्री खरिदको लागि पनि व्यवस्था गर्ने ।

चुनाव पछि अब घरदैलोमा जाने योजना के छ ?

म वडा अध्यक्ष हुँदासमेत प्रत्येक वर्षमा दुई तीन पटक पालिकामा घुमेको छु । सामाजिक विकास समितिको जिम्मेवारी मेरो भएको कारण पनि मैले गाउँमा अरू साथीहरूको भन्दा बढी घुन्न पाएँ हुँला । म जनताका समस्याहरू समाधानका लागि सँगसँगै हुनेछु । म जनताका समस्या समाधानको लागि अहोरात्र खटिने छु । जनता सँगै हुनेछु । छलफल तथा समाधानको लागि लागि रहनेछु ।

प्रतिपक्ष सँगको भूमिका कस्तो रहन्छ ?

म पालिकामा आइसकेपछि सबैको प्रतिनिधि हुँ । म सबैको प्रतिनिधि हो । म कुनै आग्रह पूर्वाग्रह राखेर काम गर्ने छैन । मैले मलाई भोट दिने नदिने सबैको प्रतिनिधित्व गरेर जानुपर्छ । म सबै राजनीतिक दलहरू सँग पनि समन्वय गरेर अघि बढ्नेछु । त्यस्तै जनप्रतिनिधि र कर्मचारी बिचमा एक अर्काको कामलाई दुवैले सम्मान गर्नुपर्ने हुन्छ । तालमेल नहुने, कुरा नमिल्ने हुन दिने छैन । किन भने म आफै लगभग १०र११ वर्षको शिक्षण अनुभव र झण्डै ७र८ वर्षको प्रधानाध्यापकसमेतको अनुभवले पनि मैले जनप्रतिनिधि र क्रमचारीलाई मिलाएर पारदर्शी र योजनावद्ध तरिकाले अगाडी बढ्नेछु । कर्मचारी र जनप्रतिनिधिले सहयोग गर्नेछन् । मैले त्यो वातावरण बनाउनेछु ।त्यस्तै, ज्यष्ठ नागरिक, असहाय, फरक क्षमता भएका व्यक्ति हरेकलाई दुई दुई महिनामा घरमै पुगेर चेकजाँच तथा स्वास्थ्य उपचार गर्ने, आमाबुवा नभएका टुहुरा व्यसहारा बालबालिकाहरूलाई पठनपाठनका लागि आवश्यक सहयोग गर्नेछौँ । छात्रवृत्ति लगायतका कार्यक्रम पनि ल्याउने छौँ । त्यसको लागि सबैभन्दा पहिला तथ्यांक संकलन गर्नेछौँ ।

बाढी, पहिरो, वन जंगलको विषयमा के छन् योजना ?

पालिकामा बाढी पहिरोको जोखीमछ । हामीले बेहोरी पनि सकेका छौँ । मल्लेसी पहिरोले २२ घर बगायो । ७ जनाको मृत्यु नै भयो । विभिन्न ठाउँ अझै जोखिममा छन् । सेती र कालंगा आसपासमा पनि बस्ती जोखीममा छन् भने जमिन नास हुँदै गएको छ । त्यसको लागि प्रदेश तथा संघसँग पनि हामी नियमित समन्वयमा रहेर काम गर्नेछौँ । सामुदायिक बनमा घेर वार, वृक्षारोपण लगायतमा पनि काम गर्नेछौँ । झोता, देउरा र बागथालाबजार क्षेत्रमा अनिवार्य तटबन्द्ध गर्न अति नै आवश्यक रहेको छ । त्यसको लागि हामीले आवश्यक पहल गरी रहेका छौँ । यस अघि पनि मैले पहल गर्दै आएको छु । बजार बचाउनलाई पहल गर्नेछौँ ।

सचेतनामूलक कार्यक्रम के कस्ता छन् ?

हाम्रो पालिका सँगै अन्य संस संस्थाहरु पनि काम गरी रहेका छन् । हाम्रो पालिकाले पनि यसमा काम गर्दै आएको छ । अहिले पनि हाम्रो समुदायमा विभिन्न खालका समस्या, बालविवाह, बहुविवाह, छाउपडी प्रथालगायतका कुसंस्कारहरू छन् । त्यसको अन्त्यको लागि हामी सबैले लाग्नु पर्छ । त्यसको लागि विद्यालय, युवाहरूको विभिन्न क्लब तथा समूहहरू लगायत विभिन्न संघ संस्थामार्फत हामी लागी रहेनछौँ ।

अन्त्यमा, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार तथा प्रवर्द्धनको लागि के गर्नुहुन्छ ?

यसमा मुख्यतः केही क्षेत्रको डीपीआर पनि भएको छ । केदार, दहसैन र त्रिवेणीधामलाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा अगाडी बढाउनको लागि काम हुनेछ । अन्य मेला पर्व, धार्मिक स्थल, कला संस्कृतीको संरक्षण तथा प्रवर्द्धन लागि काम गर्नेछौँ । त्यसमा हामी प्रतिबद्ध छौँ र मैले मेरो प्रतिबद्धतामा पनि राखेको छु । मेरो प्रतिबद्धताअनुसार म सबै काम गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्