राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



काठमाडौं । राष्ट्रिय सभाबाट सरकारले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । आगामी आर्थिक वर्षको बजेटअन्तर्गत नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित गरेको हो ।

आज (शुक्रबार) राष्ट्रिय सभामा सरकारको नीति तथा तथा कार्यक्रम संशोधनको माग खारेज गर्दै बहुमत सदस्यले नीति तथा कार्यक्रम पारित गरेका छन् ।

जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम बहुमत सदस्यले पारित गरेका हुन् ।

योसँगै जेठ १५ गते दिउँसो ३ बजे सरकारले दुवै सदनको संयुक्त सभामार्फत आगामी आर्थिक वर्ष २०७९ ८० को बजेट सार्वजनिक गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्