नेपालमा बिदा, कार्यालय समय र उत्पादकत्वबीच तुलानात्मक अध्ययन



परम्परागत रूपमा शनिबार बिदा दिँदा नेपालका सरकारी कार्यालयमा यस्तो हप्ते बिदा, सामाजिक बिदा र अन्य सार्वजनिक बिदाको तुलना गरी उत्पादकत्व जाँच गर्ने बेला आएको छ ।२०७८ साल सम्म आइपुग्दा साना–ठूला राजनीतिक परिवर्तनपश्चात् सार्वजनिक बिदामा पनि परिवर्तन हँुदै आएको छ । यस्ता परिवर्तनपश्चात् अरू देशकोे दाँजोमा नेपालको राष्ट्रिय र बौद्धिक विकासमा अद्यापि निकै पछाडि परको छ । गणतन्त्रपश्चात् धर्मपिच्छे बिदा दिने चलनले र अनेक किसिमका दिवस बिदाहरू,दशँै र तिहार अनि भैपरी बिदाहरू थपिँदा सार्वजनिक बिदाहरू बढने क्रम जारी रहेको छ ।

नेपालले अबका केही दशकमा श्रम र मिहिनेत नगरेमा देश अझ पछाडि धकेलिँदै जानेछ । त्यसर्थ बिदा पुनवरालोकन गर्न अपरिहार्य भएको छ । यस बारेमा बेलाबखतमा राष्ट्रिय बहस पनि चल्दै आएको छ ।मन्त्रीपरिषद्ले सार्वजनिक बिदाको निर्णय गर्न एउटा समिति बेलाबेलामा गठन गरेको समाचार बाहिर आउँदै गरेकोे छ । पर्व बिदा र सार्वजनिक बिदा नमिलेको हँुदा मिलाउन भनी पुनरावलोकन समिति गठन गरिँदै आएको छ । यी बिदा मिलाउन धेरै अगाडिदेखि जनस्तरमा आवाज उठ्दै आएको छ । देशका विगतका योद्धा, सपुत र देशको जस्तोसुकै कार्यमा बलिदान दिने व्यक्तिहरूको स्मरणस्वरूपको भूमिका नकार्न अवश्य नसकिने हुन्छ । बिगतका पुर्खाहरूका सम्झनाको माध्यम वर्तमानका असल नागरिकले नभत्काउनु नै बुद्धिमानी ठहर्दछ ।

गणतन्त्रपश्चात्का सरकारले नेपालमा रहेका जाति, वर्ग विशेषको चाडपर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने चलन रहेको छ । यस्तो परम्पराले देशको जातिवर्गको चाडलाई सम्मान गर्न खोजेको पाइन्छ । तर बिदामा धर्मअनुसारको रमाइलो र रमझमसहित स्वदेशी तथा विदेशी मदिरापानले अनुत्पादक कार्यहरू देशमा हुन जाँदा देशको गन्तव्य एकातिर लाग्न जान्छ कि ? सरकारले तयार पारेको वार्षिक बिदा क्यालेन्डरमा मन्त्रीपरिषद्को निर्णयबाट निश्चित धर्मावलम्बीलाई मात्र दिने भनेर निर्धारण गरिएको बिदालाई सार्वजनिक बिदाको रूपमा कार्यान्वयन गरी आएको पाइन्छ ।

तर केही धर्म समुदायलाई बिदा दिने चलन भनेर निर्धारण गरिएको अवस्थामा कसैको चाड पर्वलाई देशभर नै सार्वजनिक बिदा दिने चलन र कसैको चाड पर्वलाई निश्चित वर्ग समुदायले मात्र सार्वजनिक बिदा उपभोग गर्न पाउने व्यवस्थाले राज्यको कुनै जात र धर्म हुँदैन भन्ने दृष्टान्तलाई घटीबढी त हुन गएको छैन यस्ता चार जात छतिस वर्ण रहेर नेपालभित्र छरिएर बसेका नेपालीलाई कुन धर्म तथा चाड कुन अवसरलाई कसरी बिदा निर्धारण गर्ने जिम्मा प्रादेशिक सरकारलाई दिनु नै उचित हुन जान्छ ।यस्ता धर्मविशेष सन्दर्भका कुरा राष्ट्रिय मामिला नहुन पनि सक्दछ । यस्ता बिदा प्रदेश क्षेत्रमा मात्र बिदा दिए पनि पुग्दछ ।

नेपाल देश निर्माणको क्रममा अभियन्ता र देशका कुनामा छरिएर बसेका बासिन्दालाई सम्मान राज्यले गर्दै जाने पर्ने हुन्छ । वर्तमान पुस्ताका बासिन्दा नागरिकलाई यस्तो अशोभनीय बिदाभन्दा नागरिक जीवन बिमा, औषधोपचार खर्च, वृद्ध वृद्धालाई भत्ता, र अरू थुप्रै यस्तै सुविधा राज्यले दिँदै आएमा त्यो उत्पादक तथा सम्मानजनक ठहर्दछ । बहिर देशमा पनि यस्तै चलन र बिदा कम छ ।नेपालमा विगतका केही वर्ष शनिबार र आइतबार बिदा दिने चलनबाट पुःनशनिबार साताको एक दिन बिदा दिई हालको हप्ते कार्य ४० घण्टा नै कायम भएको छ । नेपाली सरकारी कार्यालयमा शनिबार र आइतबार बिदा दिएको बेला अहिले एक दिन शनिबार बिदा दिँदाको बेला र २ दिन बिदा दिनुअघि राणाकालदेखि शनिबार एक दिन बिदा दिने चलन हेरफेर भए पनि काठमाडौंस्थित विदेशी कूटनीतिक नियोगका कार्यालयहरूमा उही साताको २ दिन बिदा दिने चलन कायमै छ ।

परम्परागत रूपमा शनिबार बिदा दिँदा नेपालका सरकारी कार्यालयमा यस्तो हप्ते बिदा, सामाजिक बिदा र अन्य सार्वजनिक बिदाको तुलना गरी उत्पादकत्व जाँच गर्ने बेला आएको छ । कार्यालयमा १०–५ हाजिर गरे पनि कार्यालय उपस्थित भएको घण्टाको आधारमा तलब तोक्ने गरेमा सरकारी तलबी खर्चमा कमी आउने थियोर उत्पादकत्व बढने थियो । हाम्रो जस्ता सामाजिक, आर्थिक अवस्था र देशको भूवनोटले गर्दा धेरैजसो चाडपर्वहरूलाई छोड्न नमिल्ने र मान्नु पर्ने भएकाले वर्षमा धेरै बिदा सामाजिक कारणले दिनु पर्ने भएकाले पुनः साताको शनिबार मात्र बिदा दिने चलन २०६१ वैशाखदेखि पुनः चलाइयो । तर, यसको पनि प्रतिफल र उत्पादकत्व जाँच्ने बेला आएको छ ।

हाम्रो कार्यालय समयमा पनि कार्यालय बाहिरका काम लिने कार्यालय कर्मचारीहरू अधिकांश हुन्छन् भन्दा फरक नहोला । यसर्थ यस सबै कुराहरू र अरू विचार गर्दा नेपालमा साताको एकै दिन बिदा दिने प्रचलन ठिकै ठाने पनि पुरानो राणकालीन चलन शनिबार बिदाको सट्टा आइतबार बिदा दिई बाह्य स्तरको चलन कायम गरी शनिबार कार्यालय खोली हालको साताको ४० घण्टा नघट्ने गरी दैनिक एक घण्टा छिमेकी मुलुकमा जस्तै १ बजेदेखि २ बजेसम्म सम्पूर्ण कार्यालय बन्द गरी कार्यालय समय ९–५ नै गरी साताको एक दिनको बिदा आइतबार कार्यगरी प्रतिघण्टा उही ४० घण्टा गर्ने गरी सञ्चालन गर्न सकिन्छ ।

यस्ले गर्दा दैनिक रूपमा कर्मचारीले आफ्नो कामका लागि विशेषतः व्यक्तिगत कामका लागि कार्यालय खर्चिने समयको बचत भई कर्मचारीहरूले दैनिक रूपमा आफ्नो कार्य गर्न कार्यालय समय खर्च गर्ने परम्परा बन्द भई अझ कार्यालयमा उत्पादकत्व बढ्न जाने अवश्यम्भावी छ । कारण एक घण्टा समयबाहेक अरू समयमा कार्यालय बाहिर जान प्रतिबन्ध राखी कडा कारबाही गर्न सकिन्छ ।
अझ काठमाडौं उपत्यकामा बृहत् रूपमा साना भवनको र गल्लीको शहर बन्दै गएका कारण साँघुरा भई सडक चौडा गर्न नमिल्ने भएको खण्डमा गाडी फ्लाईओभर आवश्यक हुन्छ ।

सडक चौडा गर्नभन्दा चौडा गर्नेको विरोध सामना गर्न साना भवन र गल्लीको शहरका रूपमा विकास गर्न नयाँ सोच आवश्यक छ कि ? तसर्थ एकै चोटी सबै कार्यालयका गाडी सडकमा गुड्ने हँुदा सडक साँघुरा हुने हुन्छन् । त्यसर्थ त्यसको प्रबन्ध मिलाउन कूटनीतिक नियोगका कार्यालय ९ बजे खुल्ने, सरकारी कार्यालय साढे नौ बजे खुल्ने र संस्थान, समिति र अन्य कार्यालय १० बजे नै खुल्ने गरेमा सडकमा गुड्ने गाडी एकैचोटी आयतन कम भई सडक चौडा नभए पनि पिकआवरमा ट्राफिक समस्या पर्न आउँदैन थियो कि ?नेपालीकुनै धार्मिक चाडमा सार्वजनिक बिदा दिनुको मतलव राष्ट्रिय मान्यता दिनु हो र त्यसको महत्व बढाउनु हो । वास्तवमा सबै धर्म सबै चाडलाई उत्तिकै महत्व मान्यता दिन त वार्षिक रूपमा स्वैच्छिक २०-२२ दिन चाड पर्व बिदा दिई जुन धर्मका मानिसले पनि आफ्नो धर्मका चाडमा स्वैच्छिक चाडपर्व धार्मिक रूपमा लिने व्यवस्था गर्नु पर्छ र हप्ताको २ दिन बिदा दिई दैनिक कार्यघण्टा आठ बनाई हप्ताको ४० कार्यहप्ता बनाइनु पर्दछ ।

तर यस्तो प्रचलन गर्दा जातिगत धर्मका राष्ट्रिय बिदा ११ दिन र हिन्दु धर्मका परम्परागत दिई आएका बिदा सबै झिकिनु पर्दछ साथै यस्तो विदा २०–२२ दिनका स्वैच्छिक ल्याप्स भएर जाने बिदाबाट लिइनु पर्दछ ।तराईमा बसेका अधिकांश बासिन्दालाई ल्होसार के हो ?कसरी मनाइन्छ भन्ने कुरा जसरी थाहा छैन त्यसै गरी सगरमाथाको फेदीमा बसेका बासिन्दालाई छठ पर्व के हो र कसरी मनाइन्छ भन्ने कुरा हँुदैन र छैन । यसै गरी राजधानी उपत्यकामा मनाइने घोडे जात्रा, इन्द्र जात्रा, गाई जात्रा र मच्छिन्द्र रथ जात्राबारेमा पहाड, तराई र हिमालयमा बसेका नेपालीलाई कमै थाहा छ । यस अर्थमा दिइने बिदाहरूका अर्थ र उपादेयताबारे गहन भएर सोच्ने बेलाभएको छ ।

कर्मचारीले देशभित्र हवाईजहाज चल्ने ठाउँमा काजमा जानपर्ने भएमा उतm ठाउँमा बसको सुविधा छ भने रोजगार दिने संस्थाले काजमा जाने कर्मचारी उक्त ठाउँमा काजमा जाँदा बसमा जाओस् कि हवाईजहाजमा जाओस् रोजगारी दिने संस्थाले हवाईजहाजमा जाने आउने खर्च दिई कर्मचारीले सो उपभोग गर्याे वा गरेन भनी नहेरी काम भयो वाभएन भन्ने चासो लिएमा कर्मचारीलाई बढी राहत पुग्दछ र यस्ले कर्मचारीको उत्पादकत्व बढाउँदछ ।

राष्ट्रिय बिदा १२ देखि १६ दिन, स्वैच्छिक २४ दिने ल्याप्स भएर जाने बिदा र हालको क्याबी छ दिनसहित घरबिदा बिरामी बिदा कायम राखी हप्ताको २ दिन छुट्टी गरी कार्यालय दिन पाँच गरी कार्यालय समय दैनिक ८ घण्टा गरेमा बिदा व्यवस्थापन तथा समायोजन हुन गई उत्पादकत्व बढी हुन जान्छ कि ? यसो गरेमा हाल दिई आएको शनिबार ५२ र अरू थप ४० देखि ४५ दिनको बिदा गरी ९५ दिन र थप शनिबार ५२ दिन बिदा समायोजन गर्न पंक्तिकारले लेखमार्फत् कुनै बेला व्यक्त गरेको थियो ।

नेपालमा रहेका संयुत राष्ट्र संघका निकायहरूमा हप्ताको दुई दिन छुट्टी गरी १०४ र यूएन होलिडे र रिकोमेन्डेड ल्फोटिङ दिनहरू भनी जम्मा १७दिनको बिदाको प्रावधान रहेको छ । एक वर्षका यी १७दिनका बिदाहरूमा इसं एक दिन, विक्रम संवत् एक दिन, ईदउल्फ फितर एक दिन, अदाहा ईड एक दिन, अष्टमीदेखि दशमी दशैं तिन दिन, तिहार तिन दिन, क्रिसमस दुई दिन, होली एक दिन, अर्थडक्स फ्राई डे एक दिन, बुद्ध जयन्ती एक दिन, योम कीपर एक दिन, र गुर्पुरब एक दिन रहेका छन् । यसरी वर्षको १२१ दिन यूएनमा पर्दछ ।

नेपालमा पनि यही बिदाको बनावट अनुसरण गर्न सकिन्छ । नेपालमा हप्ताको २ दिन बिदा दिने मान्यता प्रयोगमा आएको अवस्थामा यो व्यवस्था तोड्नु नकाम हुन जान्छ । विश्वमञ्चमा भएका परिवर्तनले नेपालमा हप्ताको एक दिनमात्र बिदा गर्नु नालायकीपन झल्काउँछ ।

लेखक: व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायव कार्यकारी निर्देशक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्