माओवादीको चुनावी समीक्षा : पहिला जितेका जनप्रतिनिधिलाई दोहोर्याउँदा ५० प्रतिशत गुमाउनु पर्यो



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचको समीक्षा गरेको छ । उसले उक्त समीक्षामा २०७४ सालमा जितेका जनप्रतिनिधि होहोर्याउँदा ५० प्रतिशत गुमाउनु परेको निष्कर्ष निकालेको छ ।

आज (बुधबार) पूर्वस्थायी कमिटी बैठकले यस पटकको चुनावमा ५० प्रतिशत गुमाउनुमा २०७४ को स्थानीय तह निर्वाचनमा जितेकालाई पुनः दोहोर्याएर चुनावी मैदानमा पठाउनु रहेको निष्कर्ष छ ।

‘हामीले २०७४ सालमा निर्वाचित प्रमुख वा उपप्रमुखलाई दोर्होयाएर चुनाव लड्न दिँदा जितिन्छ कि भन्ने भयो । उल्टै हारियो । बरु हामीले यसअघि नजितेका स्थानीय तह जित्यौँ,’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई उदृत गर्दै नेता शक्तिबहादुर बस्नेतले भने, ‘यसअघि निर्वाचित जनप्रतिनिधि उठाउँदा ५० प्रतिशत स्थानीय तह हारेका छौँ । त्यसैले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई बोलाएर प्रशिक्षण दिन लागेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्