तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी



दाङ । तुलसीपुर उपमहानगरपालिको मेयर र उपमेरमा सत्ता गठबन्धनलाई हराउँदै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । प्रमुखमा टीकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले विजयी भएका हुन् ।

खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा तथा नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकी स्यानी चौधरी ९ हजार ५ सय ३२ मतान्तरका साथ विजयी भएकी छन् । चौधरीले ३० हजार ५ सय ९७ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्