भारतको सहयोगमा निर्मित विद्यालयको उद्घाटन



काठमाडौं । 

भारत सरकारको अनुदान सहयोगमा बनेको कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेंसीस्थित श्री आर्वा विजय माध्यामिक विद्यालयका लागि निर्मित विद्यालय भवनको मंगलबार भारतीय दूतावासका कार्यबाहक राजदूत श्रीमती नामग्य सी खम्पाले उद्घाटन गर्नुभयो ।

कास्की जिल्लाको पुरानो विद्यालय श्री आर्वा विजय मावि भारतको ३ करोड ६३ लाख रुपियाँको अनुदानमा निर्माण भएको हो । भारत स्वतन्त्र भएको ७५ औं वर्षको उत्सव मनाउन भारतले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यो वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको यो एक परियोजना हो ।

सन् २००३ यता भारतले नेपालमा ५ सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४ सय ७० परियोजना सम्पन्न भइसकेका छन् ।

तीमध्ये कास्की जिल्लाका ११ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् । यस परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको विकासमा नेपाल सरकारले गरेका प्रयासहरूमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने भारतीय दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्