सलमान खानको ‘दबंग टुर’ सर्‍यो, अर्को मिति तय भएपछि काठमाडौं आउने



काठमाडौं । यही महिनाको १४ गते दशरथ रंगशालामा हुने भनिएको सलमान खानको ‘दबंग टुर’ सरेको छ । मनी लाउन्ड्रिङ केसमा मुछिएकी ज्याकलीनले अदालतबाट विदेशी यात्राको अनुमति दिएपछि मात्रै खान नेपाल आउने भनेपछि ‘दबंग टुर’ सरेको हो ।

आयोजकले छलफल गरेर अर्को मिति तय गर्ने बताएको छ । उक्त कार्यक्रमका लागि चार प्रकारका टिकटको व्यवस्था गरिएको छ । जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्