काठमाडौंमा बालेन शाहलाई लोकप्रिय, सुनिता डंगोललाई सर्वाधिक मत



काठमाडौं । काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् । भर्खरैको अद्यावधिक मतपरिणामअनुसार बालेनले ५० हजार ३३९ मत प्राप्त गरेका हुन् ।

१ लाख ४९ हजार ९४२ मतगणना हुँदा बालेनले सो मत प्राप्त गरेका हुन् । उनका निकटम प्रतिस्ूपर्धी सत्ता गठबन्धनकी साझा तथा नेपाली काँग्रेसबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ३० हजार ९५४ मत प्राप्त गरेकी छन् ।

त्यस्तै प्रतिपक्षी दल नेकपा (एमाले)का केशव स्थापितले ३० हजार ३३६ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेबाट उक्त महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले ५४ हजार ९१ मत प्राप्त गरेकी छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १८ हजार ६५५ मत प्राप्त गरेका छन् ।

पछिल्लो चरणमा भएको अद्यावधिक मतपरिणामलाई आधारलाई मान्ने हो भने बालेन शाहलाई लोकप्रिय, सुनिता डंगोललाई सर्वाधिक मत परेको छ ।

प्रतिक्रिया दिनुहोस्