रिहाना आमा बनिन्



चर्चित हलिउड गायिका रिहाना तथा -यापर आसप रकी आमाबाबु बनेका छन्। दुई वर्षदेखि प्रेममा रहेका रिहाना र आसपको पहिलो सन्तानको जन्म अमेरिकाको लस एन्जलसस्थित एक अस्पातलमा भएको पेज सिक्समा प्रकाशित समाचारमा उल्लेख गरिएको छ।

३२ वर्षीया रिहाना करिब एक हप्ताअघि नै आमा बनेकी थिइन्। तर, उनले उनले यो खबर सार्वजनिक भने गरेकी थिइनन्। रिहाना गर्भावस्थादेखि नै आफ्नो फेशन सेन्स तथा बेबी बम्पसहितको फोटोशुटका कारण चर्चामा रहादै आएकी थिइन्।

ग्रामी अवार्ड विजेता रिहाना र चर्चित -यापर आसापको प्रेमसम्बन्धबारे सन २०१९ मा नै चर्चा शुरु भए पनि उनीहरुले सन् २०२१ मा आफूहरुको सम्बन्धबारे आधिकारिक रुपमा मुख खोलेका थिए। सन् २०२२ मा रिहाना र रकी एक अर्कासाग छुट्टिएको खबर फैलिए पनि झुठो साबित भएको छ।

प्रतिक्रिया दिनुहोस्