इटालियन गायिकाको अंग्रेजी गीतमाथि लन्डनमा कुशलको भिडियो



प्रवासमा बसेर सञ्चारकर्मसागै म्युजिक भिडियो निर्देशन गर्दै आएका कुशल श्रेष्ठलाई अहिले पनि बेलायतमा एकपछि अर्को म्युजिक भिडियो

निर्देशन गर्न भ्याइनभ्याइ छ। कुशलले यसै साता आफ्नो करिअरको दुई दशक अवधिमा पहिलोपटक एउटा महङ्कवाकांक्षी प्रोजेक्ट गरेका छन्। इटालियन गायिकाको अंग्रेजी गीतमा कुशलले लन्डनमा म्युजिक भिडियो निर्देशन गरेका छन्। इटालियन गायिका तथा लेखिका फेडस्टारको गीतमा उनले म्युजिक भिडियो निर्देशन गरेका हुन्।

किशोरावस्था इटालीमै बिताएकी फेडस्टारले पााच वर्षदेखि बालबालिकाको गायन प्रतियोगितामा भाग लिन थालेकी थिइन् भने गायन अतिरिक्त ब्याले, आधुनिक र बेली डान्समा समेत पोख्त उनीसहित जोन फ्रयांकको अभिनयमा बनाइएको म्युजिक भिडियोमा कार्यकारी निर्माता फेडेरिका अन्ना सेटेमब्रीनी र संगीत निर्माता सर्जिओ कार्कासी हुन्। उक्त गीतको बीचतिर स्पेनिस भाषाको -यापमा जोन फ्रयांकको फिचरिध्र छ। म्युजिक भिडियो छायांकन सेन्टझल लन्डन आसपासमै गरिएको छ।

आफ्नो २ दशकको करिअरमा पहिलोपटक अंग्रेजी म्युजिक भिडियोको निर्देशन, छायांकन र सम्पादनको सम्पूर्ण जिम्मा लिने अवसर पाउँदा ज्यादै खुसी छुु, कुशलले लन्डनबाट नेपाल समाचारपत्रलाई सुनाए, उनीहरु एकदम व्यावसायिक थिए। पारिश्रमिकसहित छायांकन समय, लोकेसन र प्रोजेक्ट समापन सबै सम्झौता गरेर काम गर्दा थप दायित्ववोध महशुस भयो।

यसअघि पनि नेपालीका अलावा भारतीय, बंगाली, पाकिस्तानीका साथै अंग्रेजी प्रोजेक्टमा काम गरे पनि अंग्रेजी गीतको भिडियोको सम्पूर्ण जिम्मेवारी लिएको यो पहिलो अससर भएको कुशलले बताए। पन्जावी गीतमा काम गर्दा प्रभावित भएर त्यसका गायकले उनीहरुलाई सिफारिस गरेका रहेछन् र अप्रोच गरे, कुशल भन्छन्, ञमैले यसमा पनि आफ्नो पूर्ण निर्देशकीय क्षमता लगाएको छु। उनीहरु मेरो कामबाट प्रभावित छन्।उनका आधा दर्जन नेपाली म्युजिक भिडियो रिलिजको पर्खाइमा छन् भने तीन भिडियो निर्माणाधीन अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस्