कसले खोल्छ त्रिवि पदाधिकारी कार्यालयको ताला ?

४ महिनादेखि तालाबन्दी



 काठमाडौं । 

‘प्रम एवं कुलपतिलाई दर्जनाैं पटक भन्यौं, सहकुलपति एवं शिक्षामन्त्रीसमक्ष हारगुहार ग-याैं, नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग समस्या राख्यौं, नेविसंघका अध्यक्षसहित उच्च तहका विद्यार्थी नेतासँग वार्ता ग¥यौं राष्ट्रिय मानव अधिकार आयोगमा गुनासो सुनायौं, तैपनि केही उपलब्धि भएन ।’–रजिष्स्टार प्राडा दाहाल

त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको कार्यालयको मूल ढोकामा तालाबन्दी भएको ४ महिना बितिसक्दा पनि ताला खोल्न कसैले आँट गरेका छैनन् । माघ ७ गतेबाट उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्ट्रार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुषालको कार्यकक्षमा तालाबन्दी भएको ४ महिना बितिसक्दा पनि ताला खोल्ने विषयमा कुनै सहमति हुन सकेको छैन ।

त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तीन महिनाअघि ताला खोल्न गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिनुभएको थियो । तर गृहमन्त्रीले ताला खोल्ने विषयमा चासो देखाउनुभएन । सहकुलपति एवं शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि कुनै समाधान दिन सक्नुभएन ।
नेपाल विद्यार्थी संघ त्रिवि इकाइले जनकपुरस्थित युथ क्याम्पसमा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रिविले सम्बन्धन खारेज गरेको आरोप लगाउँदै पदाधिकारीहरूको कार्यालयको मूल ढोकामा तालाबन्दी गरेका थिए । नेविसंघले तीन पदाधिकारीले राजिनामा दिनुपर्ने, राजीनामा नदिए तीनैजना पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने मागमा अडान लिएको छ ।

त्रिविका रजिस्टार प्राडा दाहालले एउटा संगठनले राजीनामा माग्दैमा राजीनामा नदिने अडान लिनुभएको छ । उहाँले भन्नुभयो–‘कसैले राजीनामा माग्दैमा हामीले किन दिने ? ताला नखोले पनि हामीले सामान्य रूपमा काम गरिरहेका छौं । हामीले कुलपतिज्यूलाई भनेर ताला खोल्न आग्रह ग¥यौं, हुन्छ भन्नुभयो, तर समस्या जहाँको त्यहीँ छ । कुलपतिज्यूले गृहमन्त्रीलाई निर्देशन दिँदा पनि ताला खोल्न नसक्नु त्रिविको विडम्बना मान्नुपर्छ ।’ उहाँले उदेक मान्दै भन्नुभयो– ‘प्रम एवं कुलपतिलाई दर्जनांैपटक भन्यौं, सहकुलपति एवं शिक्षामन्त्रीसमक्ष हारगुहार ग-याैं, नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग समस्या राख्यौं, नेविसंघका अध्यक्षसहित उच्च तहका विद्यार्थी नेतासंग वार्ता ग¥यौं राष्ट्रिय मानव अधिकार आयोगमा गुनासो सुनायौं, तैपनि केही उपलब्धि भएन ।’

उहाँ मात्रै होइन, बाँकी दुई पदाधिकारीको भनाइ पनि उस्तै थियो । उहाँहरूको भनाइ थियो– ‘हाम्रो कुरा सुनेर समस्या समाधान गर्ने आश्वासन मात्र पायौं, ताला खुलेन । ताला नखुले पनि पदाधिकारीले लुकीचोरी काम गरिरहेका छन् । कार्यालय नै बन्द हुँदा महत्वपूर्ण काम ठप्प प्रायः छ ।नेविसंघ त्रिवि इकाई अध्यक्ष हरी आचार्यले संगठनको माग यथावत् रहेको बताउँदै भन्नुभयो–‘समस्या जसले ल्याएको हो, त्यसैबाट समाधान हुनुपर्छ । अर्थात त्रिवि पदाधिकारीका कारण तालाबन्दी भएको हो ।’ उहाँले यस विषयमा त्रिविका अधिकारीहरूसँग छलफल गर्ने जानकारी दिँदै भन्नुभयो–‘भर्खरै निर्वाचन सकिएको छ, क्याम्पसमा नेता विद्यार्थी आउनासाथ यो विषयमा कुराकानी गर्नेछौं र त्रिविका अधिकारीसँग बसेर छलफल गर्नेछौं ।’

तालाबन्दीका कारण तीन पदाधिकारी कार्यालयमा रहेका झण्डै दुई दर्जन कार्यालयका कर्मचारीले पूर्ण रूपमा काम गर्न सकेका छैनन् । पदाधिकारीले बोलाएपछि पदाधिकारी जुन कार्यालयमा बसेका छन्, सोही कार्यालयमा पुगेर सुटुक्क काम गर्न थालेको त्यहीँका एक कर्मचारीले बताए । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा निर्देशक पशुपति अधिकारीले ताला खोल्ने विषयमा छलफल भइरहेको जानकारी दिँँदै चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । तालाबन्दीका कारण त्रिविका कर्मचारी र शिक्षकको उजुरी दर्ता गरी सुनुवाइ गर्ने निकाय पुनरावेदन आयोगको काम रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्