बालेन जितको सम्मुखमा, निकटतम प्रतिस्पर्धी सिर्जना सिंहभन्दा १९ हजार मतान्तरको अग्रता



काठमाडौ. । काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तर कायमै राखेका छन् । उनले आफ्ना निकटम प्रतिस्पर्धीभन्दा झन्डै १९ हजार मतान्तर कायम राखेका हुन् ।

सत्ता गठबन्धनकी साझा तथा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा बालेन झन्डै १९ हजार मतले अगाडि छन् । बालेनले सिर्जनासँग १८ हजार ९ सय २३ मतान्तरले अग्रता लिएका छन् ।

भर्खरै अद्यावधिक गरिएको परिणामअनुसार बालेनले ४७ हजार ४२९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी सिर्जनाले २८ हजार ५०६ मत प्राप्त गरेकी छन् ।

नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २७ हजार ६४२ मत प्राप्त गरेका छन् । सुरूवाती मतगणनामा दोस्रो स्थानमा रहेका स्थापितलाई सिंहले पछि पारेकी हुन् । स्थापित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्