भरतपुरमा एमालेका कार्यकर्ताले धाँधली गरेपछि रोकिएको मतगणना पुनः सुरु



काठमाडौं । भरतपुर महनगरपालिकाको मतगणना स्थलमा नेकपा (एमाले)का कार्यकर्ताले धाँधली गरेपछि रोकिएको मतगणना पुनः सुरु भएको छ । वडा नम्बर–२७ को मतपेटिका जाँचका क्रममा पुगेका उनीहरूले धाँधली गरेपछि रोकिएको मतगणना पुन सुरु भएको हो ।

मतगणना स्थलमा एमाले कार्यकर्ताले धाँधली गरेपछि उनीहरू पक्राउ परेका थिए । वडा नम्बर–२७ को मतपेटिका जाँचका क्रममा पुगेका एमाले कार्यकर्ता मतगणना स्थलमा प्रवेश गर्ने बित्तिकै धाँधली गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएपछि मतगणना कार्य अवरुद्ध भएको थियो । अहिले पुनः सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस्