बालेनको फराकिलो अग्रता कायमै, केशव स्थापित तेस्रो



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेनको फराकिलो अग्रता कायमै छ ।

भर्खरैको मतपरिणाम अद्यावधिकअनुसार एक लाख ३५ हजार ६९३ मतगणना हुँदा बालेनले ४६ हजार ४७६ मत प्राप्त गरि पहिलो स्थानमा छन् ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २७ हजार ७९९ मत प्राप्त गरेकी छन् । उनी अहिले दोस्रो स्थानमा छन् ।

त्यस्तै नेकपा (एमाले)का केशव स्थापित २६ हजार ८६१ मत प्राप्त गर्द तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्