गासको अभावमा भौतारिएकाको सारथी बन्दै सत्य साही केन्द्र (फोटो फिचर)



काठमाडौं  ।

एउटा मोटरसाईकल सरर आएर रोकियो सडक किनारामा खाना आउने समयको प्रतिक्षामा कुरिरहेका मान्छे फटाफट लाईन बसे । मोटरसाईकलमा सवार दुईजनाले एउटा खानाको प्याकेट राखेको व्याग र दुईवटा पानीको प्याकेट राखेको प्लाष्टि झोला निकालेर एक जनाले खाना र एकजनाले पानी बाँडे ।

खानाको प्रतिक्षामा रहेका सबैजना हातहातमा खाना र पानीको प्याकेट लिएर खुशी हुँदै जय साहीराम भन्दै भोजन पाएर खुशी मुद्रामा भैरव मन्दिरको दायावाया लागे । कोही बालबच्चा सहित आएका देखिन्थे भने कसैको शरिरमा च्यातीएका कपडा, अनुहार पुरै चाउरी परेको अवस्थामा देखिन्थे । युवा, बच्चा, बुढा सबैको हातमा खाना र पानीको प्याकेट देखिन्थ्यो ।

नेपालको संविधान २०७२ मा अब कोही पनि नेपालीले भोकै र नाङै हुनुपर्दैन दुई छाक खान र एकसरो लाउन पाउने हरेक नागरिकको नैसर्गिक अधिकार हो भनिएको छ । राजनीतिक दलका नेताहरुले पनि यीनै भाषण गर्छन तर यी नाङा र भोकाका लागि कहाँ छ संविधान र कहाँ छन् ती भाषण गर्ने नेता भन्दै एक बृद्धले हातमा खाना लिँदै प्रश्न गरे ।

सत्य साही केन्द्र शंखमुलले हनुमानढोका अगाडि मागेर बस्ने अर्थात् आर्थिक अवस्था कमजोर भएर एकछाक खाना खान पनि मुस्किल भै सडकमा बसेका व्यक्तिहरुलाई सन् २०२२ अप्रिल ९ देखि हरेक दिन विहान ११ बजे प्लाष्टिकको प्याकेटमा खाना (दाल, भात, तरकारी, अचार) र पानी बाड्दै आएको साही केन्द्रका राजु अमात्यले बताउँनुभयो । शंखमुल र हनुमान ढोकामा गरि हरेक दिन झण्डै २ सय जनालाई सत्य साहीबाबाको प्रसाद बाड्दै आएको पनि उहाँले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्