मानन्धरले गाए उर्दू गजल



गायक सुमन शेखर मानन्धरको स्वरमा आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उर्दू गजल साम से हि दिल सार्वजनिक गरिएको छ।

टी सिरिजको युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा सुनील थापा, निर्जन थापा र धारणा शर्माले अभिनय गरेका छन्। मुगुको रारामा खिचिएको गीतका गीतकार तथा संगीतकार इम्तियाज वफाले गीतले नेपालको पर्यटनलाई प्रत्यक्ष फाइदा पुड्डयाउने विश्वास व्यक्त गरे। गायक सुमन शेखरले भारतीय उपमहाद्वीपमा बसोबास गर्ने करोडौँ हिन्दी र उर्दूभाषी जनतालाई नेपाल बोलाउने अभिप्रायसहित गीत तयार पारिएको बताए।

प्रमुख अतिथि फिल्मकर्मी नीर शाहले गीत र दृश्यको संगमले उत्कृष्ट सिर्जना तयार भएको बताए। चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले आफू मौलिकताको पक्षधर भए पनि प्राविधिकरुपमा बलियो गीत तयार गरेकोले यसले दीर्घकालीन रुपमा नेपाली कलाकार र प्राविधिकलाई फाइदा पुड्डयाउने विश्वास व्यक्त गरे। जनकदीप पराजुलीको निर्देशनमा तयार भएको भिडियोमा छायांकन अर्जुन तिवारी र सम्पादन धुव्रराज पराजुलीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्