‘श्यामराज प्रधान : ढुंगाको कापबाट फाक्रिएको फूल’ विमोचन



काठमाडौं ।

लघु जलविद्युत्को टवाईनका डिजाइनर एवम् निर्माता स्वर्गीय श्यामराज प्रधानको जीवनी ‘श्यामराज प्रधान स् ढुंगाको कापबाट फाक्रिएको फूल’ शुक्रबार विमोचन भएको छ ।

पुस्तक तथा वृत्तचित्रमार्फत स्वर्गीय प्रधानको जीवन भोगाइ, नवीकरणीय ऊर्जा प्रविधिको विकास एवम् प्रवद्र्धन र ग्रामीण ऊर्जा प्रविधिका क्षेत्रमा उनले पु¥याएको योगदानलगायतका विषय प्रस्तुत गरिएको छ । पत्रकार राजु श्रेष्ठद्वारा लिखित एवम् प्रधानले स्थापना गरेको नेपाल यन्त्रशाला इनर्जी प्रालिद्वारा प्रकाशित उक्त पुस्तक तथा वृत्तचित्र प्रधानकी श्रीमती बाबा प्रधानले लोकार्पण गरेकी हुन् ।

पुस्तकमाथि समीक्षा गर्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखेलले लघु जलविद्युत् र नवीकरणीय ऊर्जा प्रविधिका माध्यमबाट ग्रामीण क्षेत्रमा स्वर्गीय श्यामराज प्रधानको योगदानबारे चर्चा गरेका थिए । प्रधानले सामाजिक न्यायका लागि व्यवसायभन्दा पनि प्रविधिकोे प्रयोगलाई महत्व दिएको पोखरेलले बताए ।

नेपालको पहिलो लघु जलविद्युत् प्लान्ट स्थापना कार्यमा सहभागी प्रधानले ५० वर्षभन्दा बढी व्यावसायिक जीवनमा ४६ जिल्लामा २०० भन्दा बढी लघु जलविद्युत्को सर्वे, डिजाइन एवम् जडान गरेका थिए ।त्यस्तै प्रधानले स्वीट्जरल्यान्डबाट सिकेको सीपलाई नेपालबाहेक श्रीलङ्का, केन्या, लाओसलगायतका देशका लघु जलविद्युत् टवाईन एवम् सीप विस्तार गरेका थिए । प्रधानले लघु जलविद्युत् टवाईनको विकास र प्रवद्र्धन गरेको प्रविधिका विषयमा नेपाल लघु जलविद्युत् विकास संस्थाका पूर्वअध्यक्ष सुरेन्द्रभक्त माथेमाले प्रकाश पारेका थिए । स्वर्गीय

प्रधान नेपाली लघु जलविद्युत् क्षेत्रका गुरु रहेको माथेमाको भनाइ छ ।राष्ट्रिय योजना आयोगका पूर्वसदस्य श्रीकृष्ण उपाध्यायले ग्रामीण क्षेत्रमा लघु जलविद्युत् तथा सुधारिएको पानी घट्टमार्फत विद्युतीय ऊर्जा विस्तारमा प्रधानको योगदान उच्च रहेको बताए । सस्तो र सर्वसुलभ ऊर्जाको पहुँच विस्तारमा प्रधान रोल मोडल रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक डा. रामप्रसाद धितालको भनाइ छ ।

त्यस्तै नवीकरणीय परिसंघका अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा प्रविधिको विकाससँगै सीप हस्तान्तरण र ग्रामीण विद्युतीकरणमा प्रधान मार्गदर्शक रहेको बताए । डा. प्रचण्ड प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक डा। नारायण अधिकारी, ऊर्जाविज्ञ डा. विश्वभूषण अमात्यलगायतले नवीकरणीय ऊर्जा प्रविधिको विकासमा स्वर्गीय प्रधानको योगदानबारे चर्चा गरेका थिए ।

कार्यक्रममा स्वर्गीय प्रधानका छोरा विक्रमराज प्रधानले बाबुको नाममा फाउन्डेसन स्थापना गरी नवीकरणीय ऊर्जाको प्रविधि र जनशक्ति उत्पादनमा कार्य गर्ने तयारी भएको जानकारी दिए । सोही कार्यक्रममा स्वर्गीय प्रधानद्वारा स्थापित नेपाल यन्त्रशाला इनर्जीमा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्