शिक्षक र विद्यालय कर्मचारीको पोशाक परिवर्तन



काठमाडौं ।

 सरकारले शिक्षक तथा कर्मचारीका लागि पोशाकको रङ परिवर्तन गरी नयाँ पोशाकको डिजाइन र रङको तोकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै सरकारी शिक्षक र कर्मचारीका लागि नयाँ ड्रेसको व्यवस्था गरेको हो ।

केन्द्रका महानिर्देशक चूडामणि पौडेलले शनिबार नेपाल समाचारपत्रलाई सबै शिक्षक र कर्मचारीलाई एकरूपता हुनेगरी नयाँ पोशाकको व्यवस्था गरेको जानकारी दिनुभयो ।

परिवर्तित नयाँ ड्रेस कोडअनुसार गाढा खैरो रङको सुट (कोट र पाइन्ट), हल्का नीलो रङको कमिज, गाढा खैरो रङको ज्याकेट, कलेजी रङको स्विटर, कालो रङको जुत्ता रहेको छ । यी पोशाक महिला र पुरुष दुवै प्रकारका शिक्षक र कर्मचारीले प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्