काठमाडौं– ८ मा नेपाली कांग्रेसको प्यानलै विजयी



काठमाडाैं ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेसका तर्फबाट आशामान सङ्गत अध्यक्षमा विजय भएका छन् । सङ्गतले नेकपा एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय हासिल गरेका हुन् । उनको प्यानलनै विजय भएको हो ।

सङ्गतले १ हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरे । त्यसैगरी सदस्यमा शेखर देउला र सलोनी वडारी विजय भएका छन् । महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजय भएका छन् ।

काठमाडौं महानगरको वडा नम्बर १, २, ३, ४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नम्बर ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मतगणना कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्