काठमाडौंका १० पालिकाको नतिजा सार्वजनिक : ७ पालिकामा कांग्रेस, ३ पालिकामा एमाले विजयी



काठमाडौं । काठमाडौं महानगरसहित ११ नगरपालिकामध्ये १० नगरपालिकाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये कांग्रेसले सबैभन्दा धेरै ७ वटामा जित हासिल गर्दा नेकपा (एमाले) दुई वटामा विजय भएको छ ।

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत माओवादीले तालमेलका बावजुद कुनै पनि नगरपालिकामा जित्न सकेनन् ।

२०७४ सालको निर्वाचनमा एमालेले महानगरसहित सात र कांग्रेसले चार नगरपालिकामा जितेको थियो । यसपटक एमालेले चार नगरपालिका गुमाउँदा कांग्रेसले तीन वटा थपेको छ ।

यी हुन् विजयी उम्मेदवार

१. दक्षिणकाली नगरपालिका
प्रमुख मोहन बस्नेत-कांग्रेस
उपप्रमुख बसन्ती तमाङरकांग्रेस

२. किर्तिपुर नगरपालिका
प्रमुख राजकुमार नकर्मी-कांग्रेस
उपप्रमुख शुभलक्ष्मी शाक्य-कांग्रेस

३. तारकेश्वर नगरपालिका
प्रमुख कृष्णहरि महर्जन-कांग्रेस
उपप्रमुख सृजना बुर्लाकोटी-कांग्रेस

४. कागेश्वरी नगरपालिका
प्रमुख उपेन्द्र कार्की-कांग्रेस
उपप्रमुख शान्ता थापा-एमाले

५. गोकर्णेश्वर नगरपालिका
प्रमुख दीपक रिसाल-कांग्रेस
उपप्रमुख सान्नानी लामारएमाले

६. चन्द्रागिरि नगरपालिका
प्रमुख घनश्याम गिरी-कांग्रेस
उपप्रमुख बसन्ती श्रेष्ठ-एमाले

७. नागार्जुन नगरपालिका
प्रमुख मोहनबहादुर बस्नेत-कांग्रेस
उपप्रमुख शुसिला अधिकारी-एमाले

८. बूढानीलकण्ठ नगरपालिका
प्रमुख मिठाराम अधिकारी-एमाले
उपप्रमुख अनिता लामा-एमाले

९= टोखा नगरपालिका
प्रमुख प्रकाश अधिकारी रएमाले
उपप्रमुख मुरारी तामाङ-कांग्रेस

१०. शंखरापुर नगरपालिका
प्रमुख रमेश नापित-राप्रपा
उपप्रमुख सुमिता श्रेष्ठ-कांग्रेस

प्रतिक्रिया दिनुहोस्