भरतपुर महानगरमा विजय सुवेदीभन्दा रेणु दाहाल ५ हजार ५१८ मतान्तरले अघि



चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा तथा नेकपा (माओवादी केन्द्र)बाट मेयरकी उम्मेदवार रेणु दाहालले फराकिलो अग्रता बनाएकी छन् ।

पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ५१८ मतले अगाडि देखिएकी छन् ।

७३ हजार ७८७ गणना गर्दा मेयरकी उम्मेदवार रेणुले २८ हजार ६०८ मत प्राप्त गरेकी छन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले २३ हजार ९० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्