काठमाडौं महानगरको मतपरिणाम अद्यावधिक : ‘कोर एरिया’मा बालेनभन्दा केशव स्थापित दोब्बर मतले अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-२७ को मतपरणाम अद्यावधिक भएको छ ।

अद्यावधिक विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहभन्दा नेकपा (एमाले) केशव स्थापितले फराकिलो अग्रता बनाएका छन् । ‘कोर एरिया’ भनेर चिनिनेमध्येको यो पनि एक वडा हो ।

अहिलेसम्म २ हजार ७१७ मत गणनामा स्थापितले ८०४ मत पाएर अगाडि छन् । उनलाई कांग्रेसकी सिर्जना सिंहले ६९५ मतका साथ पछ्याइरहँदा स्वतन्त्र उम्मेदवार शाहले ४३८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्