रौतहटको दुई पालिकाको प्रमुखमा महिला निर्वाचित



रौतहट ।

रौतहटको दुई पालिकाको प्रमुखमा फरक पार्टीबाट दुई जना महिला निर्वाचित भएका छन् । रौतहटको दक्षिण भेगमा रहेको ईशनाथ र मौलापुर नगरपालिकाको नगरप्रमुखमा महिला निर्वाचित भएका हुन् । पछिल्लो मतगणनाको परिणाम अनुसार ईशनाथ नगरपालिकामा लोकतान्त्रिक समाजबादी पार्टीका उम्मेदबार ६६ बर्षीया कौशिल्या देबी ६ हजार २ सय ८२ मत प्राप्त गरी विजयी भएकी छिन् ।

यस्तै मौलापुर नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट ३७ वर्षीया रीना कुमारी साहले ५ हजार ५ सय ६४ मत प्राप्त गरी विजयी भएकी छिन् । नेपाली कांग्रेसले टिकट नदिएपछि लोकतान्त्रिक समाजबादी पार्टीबाट उम्मेदबार बनेकी कौशिल्या देबीले ०७४ मा निर्वाचित नगरप्रमुख सन्तोष मेहता लाई ९ सय ७५ मतान्तरले हराउदै विजयी भएकी हुन् । उपप्रमुखमा मोहम्मद परवेजले ५ हजार ७ सय ४९ मत प्राप्त गरी विजयी भएका छन । उनीहरुका नीकटतम प्रतिस्पर्धीमा नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा सन्तोष मेहताले ५ हजार ३ सय ७ र उपप्रमुखमा हुसेन आराले ५ हजार ९७ मत प्राप्त गरेका छन् ।

पूर्वमन्त्री प्रभु साहको श्रीमती रीना देबीको विजय यो समेत दोस्रो पटक हो । उनले नेकपा माओवादी केन्द्र बाट प्रमुख पदका उम्मेदबार राम प्रबेश राय यादब लाई २ हजार ५ सय २ मतले हराउदै विजयी भएकी हुन् । मत परिणाम सार्वजनिक हुँदा अघिल्लो निर्वाचनमा पराजित गरेका गौर नगरपालिकाका प्रमुख अजय गुप्ता लाई यसपटकको निर्बाचनमा नेकपा एकिकृत समाजबादीका उम्मेदबार शम्भु साहलेनै पराजित गरेका छन् । उता राजदेबी नगरपालिकाको निर्बाचनमा समेत अघिल्लो निर्बाचनमा पराजित भएका नेकपा एकिकृत समाजबादीका उम्मेदबार भिखारी रायलेनै नेपाली काग्रेसका उम्मेदबार धीरेन्द्र सिह लाई पराजित गरेका छन् । उता अघिल्लो निर्बाचनमा निर्बाचित ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहता यसपटकको निर्बाचनमा पराजित भएका छन्।

प्रतिक्रिया दिनुहोस्