रौतहटको राजपुर नगरपालिकाको प्रमु्ख र उपप्रमुखमा कांग्रेस विजयी



रौतहट ।

रौतहटको राजपुर नगरपालिकामा नेपाली कांग्रेसले प्रमु्ख र उपप्रमुखमा दुवैमा जीत हासिल गरेको छ । नेपाली काग्रेसका मोहम्मद राजिक आलमले प्रमुखमा ६ हजार ३ सय ३५ र उपप्रमुखमा जमिला असगरीले ६ हजार २ सय ६८ मत प्राप्त गरी विजयी भएका हुन् । विजयी मोहम्मद राजिक आलम पूर्वमन्त्री अफताब आलमका छोरा हुन् ।
उनका निकटतम प्रतिष्पर्धी जनता समाजवादी पार्टीबाट प्रमुख पदका उम्मेदबार मोहम्मद जैद आलमले ३ हजार ७ सय ५१ र उपप्रमुखमा चिन्ता कुमार कलवारले ३ हजार ६ सय २९ मत प्राप्त गरेका छन् । यससंगै रौतहटमा नेपाली काग्रेसले–३ स्थान, नेकपा एकिकृत समाजवादीले–२, नेकमा माओबादीले–१ नेकपा एमालेले–१ र लोकतान्त्रिक समाजवादी पार्टीले–१ स्थानमा प्रमुख र उपप्रमुख पदमा विजय हासिल गरेको छ ।

अझै दश पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्