पालिका अध्यक्षसहित ३ वडामा महिला नेतृत्व



नवलपरासी ।

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा महिला नेतृ लक्ष्मी देवी पाण्डे विजयी भएकी छिन् । उनी यसअघि पनि सोही गाउँपालिका अध्यक्ष थिइन् । देशकै सबै भन्दा ठूलो फलाम खानी यही गाउँपालिकाको धौवादीमा रहेको छ ।

यसैगरी गैडाकोट नगरपालिका वडा नं. १४ मा नेकपा एमालेकी उम्मेदबार कोकिसरा राना मगर वडाध्यक्षमा विजयी भएकी छिन् । देवचुली नगर पालिका ७ मा एमालेकै तर्फबाट भूमिसरा आले तथा बिनयी त्रिवेणी गाउँ पालिका २ मा पुष्पा आले मगर वडाध्यक्षमा निर्वाचित भएका हुन् । आधा आकाश ओगटेको महिला समुदाय माझ उदीयमान महिला नेतृहरुबाट समाजले समग्र गाउँ र वडाको उन्नति र प्रगतिको आश गरेको एक स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्