कमलामाई नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी



सिन्धुली।

कमलामाई नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा उपेन्द्र पोख्रेल र उपप्रमुखमा मञ्जु देवकोटा निर्वाचित भएका हुन् ।

प्रमुख पोखरेल १४ हजार १८७ तथा उपप्रमुख देवकोटा १२ हजार ६९४ मत प्राप्त गर्दै विजयी भएका हुन् । प्रमुखका प्रत्यासी एमालेका महेन्द्रदेव श्रेष्ठले १२ हजार ५७६ तथा उपप्रमुखमा प्रत्यासी माओवादी केन्द्रका दीर्घराज श्रेष्ठले ११ हजार ६८७ मत प्राप्त गरे ।

कमलामाई नगरपालिकाको १४ वडामध्ये एमाले सात, कांग्रेस ५ र माओवादी केन्द्र दुई वडामा विजयी भएको छ । एमालेले वडा नं ३, ७, ८, ११, १२, १३ र १४, कांग्रेस वडा नं १, ४, ५, ६ र ९ तथा माओवादी केन्द्र वडा नं २ र १० मा विजयी भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्