भरतपुर ९ मा एकीकृत समाजवादी विजयी



चितवन । नेकपा एकीकृत समाजवादी पार्टीले भरतपुरको वडा नम्बर ९ मा जित हासिल गरेको छ । एकीकृत समाजवादीका यमलाल कँडेलले १ हजार ९ सय ५८ मतका साथ वडाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लीलाबल्लभ भुषालले १ हजार ४ सय ६ मत ल्याए।

अहिले भरतपुर महानगरपालिकाको वडा नम्बर १० र ११ को मतगणना भइरहेको छ । वडा नम्बर १० मा गठबन्धनबाट कांग्रेसका परमेश्वर खनाल वडाध्यक्षको प्रतिस्पर्धी छन् । खनालले ३ हजार ३ सय ४९ मतगणना हुँदा खनाल आफ्ना प्रतिस्पर्धी भक्तिप्रसाद गौतमभन्दा २६० मतले अगाडि छन् ।

यस्तै भरतपुर वडा नम्बर ११ मा एमालेका कमल बहादुर मल्लले गठबन्धनबाट ११ मा वडाध्यक्षमा प्रतिस्पर्धा गरेका विष्णुप्रसाद पौडेलभन्दा १६० मतले अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्