सम्झनलायक विजय जुलुस



हेटौंडा ।

गुरु गुड, चिनी चेला भनिन्छ । हार्ने गुरु, जित्ने चेला । हेटौंडा–५ को चुनावी प्रतिस्पर्धामा वडा अध्यक्षमा पराजित नेपाली कांग्रेसका ह्यग्रीब आचार्यलाई विजेता एमालेका सुशील घिमिरेले का“धमा बोकेर विजय जुलुसमा हि“डेको रोचक दृष्यले स्थानीयको मन जितेको छ ।

हेटौंडा वडा नम्बर–५ को अध्यक्षमा नेकपा एमालेका घिमिरेको प्यानल नै विजयी भएको थियो । घिमिरे २ हजार ५ सय ३० मतसहित अध्यक्षमा विजयी भएका हुन्। बक्सिङको अन्तर्राष्ट्रिय खेलमा पदक विजेता घिमिरे स्थानीय पिप्ले युवा क्लबको अध्यक्षसमेत हुन ।

समाजसेवीको परिचय बनाएका घिमिरेले पिप्लेमा बहुउद्धेश्यीय कभर्डहल निर्माण गर्नुका साथै करिब डेढ करोड लागतमा पिप्ले क्याम्पा रंगशाला जनस्तरबाट निर्माण गर्न अगुवाइ गरेका थिए । उनी हेटौंडाका लोकप्रिय युवा अभियन्ता हुन ।

अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका आचार्यले १ हजार ३ सय ९०, स्वतन्त्रका विशालराज महतले ४ सय २ र राप्रपाका रामकृष्ण श्रेष्ठले ३ सय २५ मत प्राप्त गरेका छन् । वडा सदस्यहरुमा नेकपा एमालेकै ज्ञानबहादुर थापामगर (२ हजार ७ सय ३), रामबहादुर राई (२ हजार १३ सय ३), महिला सदस्यमा रञ्जिता सिलवाल (२ हजार ३ सय ५३) र दलित महिला सदस्यमा भगवती बिक (२ हजार २ सय ५४) विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्