पहिलो पालिकामा जित दर्ता : बाराको फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विवेकशील साझाका उम्मेदवार विजयी



बारा । बाराको फेटा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विवेकशील साझा पार्टीका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रुस्तम अन्सारी र उपाध्यक्षमा बसरा खातुन विजयी भएका हुन् ।

अध्यक्ष अन्सारीले ४४८५ मत ल्याएका छन् । उनका निटकतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका मदनप्रसाद साह कानूले २३९९ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा निर्वाचित बसरा खातुनले ३५७० मत पाएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेकी कमरुन खातुनले २३३३ मत ल्याएकी छन् ।

विवेकशील साझाले पहिलो पालिकामा जित दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्