नेपाल टस जितेर बलिङ गर्दै



काठमाडौं ।

तेस्रो टी-२० खेलमा युगान्डाविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै युगान्डाले सुरुआती ब्याटिङ गर्ने भएको हो ।

शृंखलामा युगान्डा लगातार तेस्रो खेल जित्ने योजनामा छ। यदि आजको खेल जिते युगान्डाले शृ‌खला दुई खेलअघि नै आफ्नो नियन्त्रणमा राख्नेछ ।

नेपाल आजको खेल जित्दै शृंखलामा पुनरागमन गर्न चाहन्छ । पहिलो खेलमा युगान्डा १२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो । यसपछि दुई खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्