बालेन : काठमाडौं महानगरमा १२० मतले मात्रै ‘लौरो’को अग्रता



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उमेदवार बालेन शाह गठबन्धनकी साझा तथा नेपाली कांग्रेसकी सिर्जना सिंह र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का दुई उमेदवारहरूको मतभन्दा अघि छन् ।

४७ हजार ४१३ मत गणना गर्दा बालेन १८ हजार ७५ मत पाएका छन् । एमालेका केशव स्थापितले ९ हजार ४०८ मत ल्याएका छन् ।

त्यसैगरी गठबन्धनकी साझा तथा कांग्रेसकी उमेदवार सिर्जना सिंहले ८ हजार ५४७ मत पाएकी छन् ।

स्थापित र सिंहको मत जोड्दा १७९५५ हुन्छ । जसअनुसार बालेन दई प्रमुख उमेदवारभन्दा अझै १२० मत अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्