आवधिक निर्वाचन र जनताको चाहना



स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले माओवादी र समाजवादी पार्टीसँग गठबन्धन गरेको कांग्रेस कार्यकर्तालाई पटक्कै मन नपरेको यथार्थ मतदानका दिन अझ बढी सुनियो, देखियो ।काठमाडौँको एक निर्वाचन क्षेत्रमा गठबन्धनमा समावेश माओवादीलाई त भोट दिँदै नदिने भन्दै स्थानीय नेताकै श्रीमती कराउँदै थिइन् ।

श्रीमानको तीव्र दबाबपछि गठबन्धनमा मिसिएका विभिन्न तिन दलका चिन्हमा छाप लगाउन आफूअलमलिने भन्दैकांग्रेस नेताकै श्रीमतीलेछोरालाई भोट हाल्न लगाइन् ।गठबन्धनकै कारण भोट हाल्न कांग्रेसकाकैयौँ कार्यकर्तासमेत झुक्किएको र रिसाएको देखियो । ५६ चुनाव चिन्ह भएको ठूलो आकारको मतपत्रमा केहीले उम्मेदवार नै नभएका चिन्हमा मत दिए भने कतिले आफ्नो उम्मेदवारहरुको चिन्ह कुन–कुन हो भन्नेमै रनभुल्ल भएर अन्तै छाप लगाउन पुगेको सुनियो। दलहरुको गठबन्धनकै कारण ठूलो संख्यामा कांग्रेसको भोटसमेत अन्तै गएको र मत बदर पनि भएको छ ।

मेयरमा एउटा पार्टीको चिन्हमा छाप लगाउँदा उपमेयरमा अर्कोमा लगाउनुपर्ने भएपछि मतदाता झुक्किए रबाहिर निस्किएपछि झोक्किए पनि।मतदान शिक्षाको अभावमा एउटा उम्मेदवारको मत अर्काकोमा पर्न गएकोर धेरै मत बदर हुने अवस्था आएको छ।१६५ सिटबाट खुम्चिएर अघिल्लो चुनावमा२३ सिटमा झर्दापनि कांग्रेसले चुनाव गराई देशलाई निकास दिन माओवादीलगायतसँगको गठबन्धन स्वीकार्न बाध्य भयो । कांग्रेस आफू धोका खाएर, गाली खाएर, हार खाएर र अपमान खाएर भएपनि गठबन्धनमा होमिएर चुनाव गराइछाड्ने र कम्युनिस्ट नेतृत्वले अस्तव्यस्त पारेको देशलाई निकास दिने पक्षमा निसर्त कटिबद्ध देखियो । एक्लो लडेको भए स्थानीय तहको चुनावमा कांग्रेसले अधिकांश क्षेत्रमा एकलौटी मत पाएर जितको माला पहिराउने निश्चित थियो ।

राष्ट्रिय ढुकुटी रित्याएर एमाले पार्टी बदनाम र तिरस्कृत भइरहेको अवस्थामा अनि आफ्नै नेतृत्वमानिर्वाचन गराउँदा पनि कांग्रेसको मत परिणाम उत्साहजनक नदेखिनु विडम्बना हो ।निर्वाचनमा आफूले जिते सरकारबाट पाउने सेवा–सुविधा नलिने र विशुद्ध समाजसेवा गर्ने भन्ने आकांक्षीहरुलाई टिकट नै नदिइनाको दुष्परिणाम सबैभन्दा बढी कांगे्रस पार्टीले भोग्ने निश्चित छ । निर्वाचन अभियानका नाउँमा विपक्षीलाई सत्तोसराप गर्ने र राष्ट्रिय ढुकुटीको सत्यनाश पारी देशको पूर्व–पश्चिम हानिएर कर्कश हुँकार गर्ने कम्युनिस्ट दम्भ र दुष्कार्यलाई चुनावी परिणामले थेचार्नुपर्नेमा कांग्रेसको गठबन्धनले झन् उकास्ने काम ग-यो । राजनीतिक निष्ठा र पार्टीगत सिद्धान्तमा अडिगलाई मतदाताको चाहना बुझेर टिकट दिन सकेको भए परिणाम अर्कै हुने थियो ।

टिकट वितरणमा परिवारवाद हाबी हुँदै गर्दा टिकट थमाइएका सिर्जना र रेणुको चुनावी नतिजाले आइन्दा प्रत्येक दलहरुलाई उम्मेदवार हेरेर मात्र टिकट दिन दबाब बढेको छ । उम्मेदवार छान्दा पैसा, पावर र परिवारवादका भरमा होइन काम र इमानका आधारमा छान्नुपर्छ भन्ने सन्देश पनि गएको छ । मतदातालाई काम गरेर देखाउन भन्दा धम्क्याउन र तर्साउन लागिपर्ने नेता–नेतृलाई मतदाताले निर्वाचनबाटै पाखा लगाइदिने यथार्थबोध दलहरुमा हुँदैछ।मतदानस्थल पुगेका अपांग, अशक्त,गर्भवती, सुत्केरी, किरियापुत्री र ज्येष्ठ नागरिकका लागि मतदानस्थलमा राम्रो व्यवस्था नभएको गुनासा बाहिरिए । अपांगहरु घिस्रिएर मतदान केन्द्र गइरहेका थिए भने किरियापुत्री, सुत्केरी र ज्येष्ठ नागरिक मतदानस्थलमा सहज वातावरण नभएको बताइरहेका थिए ।धेरै मतदान केन्द्र विद्यालयमै भएकाले चर्को घाममा लामो समय उभिएका अशक्तहरुलाई विद्यालयका बेन्च–कुर्सीमा बसेर पालो पर्खी मत हाल्ने सहज व्यवस्था मिलाउन सकिन्थ्यो । सम्बन्धित पदाधिकारीहरुको यसप्रति ध्यानै गएन ।

निर्वाचनको उच्चतम सफलता भनेकै निर्वाचनमा जनताको अधिकतम स्वस्फुर्त सहभागिताहो । आफ्नो गाउँठाउँको विकासको जिम्मा लगाउने जनप्रतिनिधि छान्न नागरिकको उत्साहजनक सहभागिता देखिए पनि मतदान शिक्षा प्रभावकारी नहुँदा सबैजसो क्षेत्रमा मतबदर भएका तथ्य बाहिरिएका छन् । राष्ट्रिय ढुकुटीबाट अर्बौं खर्च गरिएको निर्वाचनमा मतदान केन्द्रमा लाइन बसेका मतदातालाई त्यहाँका कर्मचारीहरुले एउटा मतपत्र लिएर भोट दिने तरिका पनि सर्सतीसिकाएको भए जनताका अमूल्य मत खेर जाने थिएनन् ।
जनमतलाई धनमत र घनमतबनाउने प्रयत्नस्वरुप केही दिनअघि माओवादी नेता प्रचण्डले भरतपुरमा मेयरमा उठेकी आफ्नी छोरी रेणु दाहालले नजिते देश संकटमा फस्ने भएकाले कांगे्रस मतदाता सबैले अनिवार्य हँसिया हथौडामा भोट हाल्न धम्क्याए, थर्काए, तर्साए र घुक्र्याए पनि ।जनप्रतिनिधिले दुई हात जोडेर भोट माग्नुपर्नेमा प्रचण्डले मुठ्ठी कसेर, कड्किएर, धम्क्याएर, गर्जिएर रचोर आँैला ठड्याएर आफ्नो जीवन मरणको सवाल र देशको दुर्घटना निम्त्याउने सवाल भन्दै जसरीपनि रेणुलाई जिताउन मतदातालाई अनावश्यकदबाब दिएकोपाइयो ।रेणुको यो पहिलो निर्वाचन होइन ।

दोस्रो निर्वाचनमा भाग लिएकीरेणुले विगत पाँच वर्ष जनताको मन जित्ने काम गरेकी छन् भने उनलाई माओवादीले मात्र होइन गठबन्धन कांग्रेस र घोर विरोधी एमालेले समेत भोट हालेर जिताउँथे ।जनसरोकारकाकामभन्दा कार्यकर्ता पोस्ने रभ्रष्टाचारमा डुब्नेलाई मतदाताले फेरि दोहो¥याएर भोट हाल्दैनन् । राम्रो काम नगरी कसैलाई दोहो¥याएर सरकार चलाउने मौका मतदाताले दिनु पनि हुँदैन ।नेताहरु जतिसुकै आत्तिए र मात्तिए पनि मतदाताले विगतका जनप्रतिनिधिहरुको काम हेरेर आगामी मत परिणाम देखाउने निश्चित छ। पहिलो कार्यकालमा भरतपुर उपमहानगरपालिकाकी मेयर रेणु दाहालले राम्रा काम गरेकी भए प्रचण्डले प्रत्येक भाषणमा कुर्लिएर, मतदातालाई थर्काएर छोरी जिताउने रोइलो गर्नै पर्दैनथ्यो ।निर्वाचन भनेकै पुराना जनप्रतिनिधिको कार्यको फैसला गर्ने र नयाँ जनप्रतिनिधि चुनेर कार्यको जिम्मा लगाउने अवसर हो ।

निर्वाचनआयोगले उम्मेदवारका लागि अढाइ लाखदेखि पाँच लाखसम्म चुनावी खर्चको सीमा तोकेपनि स्थानीय तहको चुनावमा २५ लाखदेखि २ करोडसम्मवडाध्यक्षले मात्र खर्च गरेको तथ्य बाहिरिएको छ । मेयरको खर्च यो रकमभन्दा निकै माथि होला । वडाध्यक्ष र मेयरमा टिकट दिँदा नै लाखौँर करोडौँ रकम असुलेका भद्दा टिकट व्यापारको गुह्य पनि बाहिरिँदै छ । यसरी निर्वाचन प्रणाली र प्रक्रिया अव्यवस्थित र अचाक्ली महँगो बन्दै गएकाले यसमा परिमार्जन जरुरी छ । यस्तो महँगो र मनलाग्दीनिर्वाचन प्रणालीले देशमा कहिल्यै शान्ति र समृद्धि हुँदैन । काठमाडांैमहानगरपालिकाको सुधार गर्ने आशामा स्वतन्त्र युवा नेता बालेन शाहलाई जिताउनयुवाहरुले भरमग्दुर प्रयास गरेको देखियो । त्यसो त यसअघि पनि निर्वाचनकै आसपासमा निकै दल र नेता–नेतृ जन्मे तर देशको हितमा काम गर्नेभन्दा आफ्नै ढुकुटी भर्ने कार्य भएका कारण हाल ती सेलीब्रेटी नेता–नेतृ गुमनाम भएका छन् ।

रञ्जु दर्शनाको अघिल्लो चुनावमा युवा के्रज यस्तै–यस्तै थियो तर हारेपछि पानीको फोकाझैँ उनी अलप भइन् ।त्यस्तै नियति बालेन शाहका क्रियाकलापमा नदेखियोस् भन्ने चाहना जनताकोछ । ‘भ्रष्टाचारीलाई लौरीले सेकाउँछ, बालन शाहले गरेरै देखाउँछ’ भन्दै नारा लगाएका लाखौँ युवाहरु देश निर्माणको खाका कोर्ने शिक्षा हासिल गरेका इन्जिनियरबालेन शाहप्रति आशावादी बनेका छन् । युवाहरु उनले जितेर काठमाडाैं महानगरपालिकाको काँचुली फेरिएको हेर्न आतुर छन् । मत गणना हुँदै गर्दाहामी सुध्रने र देशलाई सुधार्ने भन्दै युवाहरु बालेन शाहको समर्थनमा सडकमा उत्रिनुको अर्थ दलहरुप्रतिको चरम निराशा र वितृष्णा नै हो । मतदाताहरुको दलप्रतिको आक्रोश र मर्मस्पर्शी मनोदशा यो चुनावमा देखिएको छ । दलहरुले लोकतन्त्रका नाउँमा लुटतन्त्रर गणतन्त्रका नाउँमा छाडातन्त्र मच्चाएको भनी युवाहरु रुष्ट हुँदै बालेन शाहको जित पर्खिरहेका छन् । उनले जिते भने अहंकार नदेखाई काठमाडौँ महानगरपालिकामा सर्वप्रथम ठाउँ–ठाउँमा सार्वजनिक शौचालय, खानेपानी, यातायात, कर व्यवस्थापन तथा यसमानागरिकलाई सहुलियत, मठमन्दिर सुधार, फोहोर व्यवस्थापनलगायत थुप्रेै सुधारका कार्यहरु गरेर जनमतको कदर गर्दै आफूलाईराजनीतिक दूरदृष्टि भएका विकासका योजना अघि सार्न सक्ने समृद्ध देश निर्माणको परिपक्वभिजन भएकानिःस्वार्थी समाजसेवी र विकासप्रेमी जनप्रतिनिधिका रुपमा उभ्याउनुपर्छ ।

निर्वाचन भनेको राष्ट्रिय राजनीतिमा सार्वभौम जनताको शक्ति प्रदर्शन पनि हो । कसलाई कहाँ कसरी ठेगान लगाउने भन्ने विवेक असाधारण शक्तिका पारखीआम मतदातामा नै हुन्छ । कसैले धम्क्याएर र तर्साएर तिनको विवेक डग्दैन । जनताले आफ्नो मतको ब्रह्मास्त्र प्रयोग गरीभ्रष्ट, कामचोर र राष्ट्रघाती नेता, नेतृ र नेतृत्वलाई नुहाउने अचुक मौका यहीहो । डर, धम्की र लालच देखाएरजनमतबिथोल्न खोज्ने आफैँ बढारिन्छन् । राष्ट्रिय ढुकुटी आमजनताको सार्वजनिक सम्पत्तिहो ।यो सम्पत्तिको थैलीको मुख खोल्ने र बन्द गर्ने मर्जी पनिजनताकैहुन्छ । अब तिनलाई नसोधी र नदेखाईराष्ट्रिय ढुकुटीको एक पैसा हिनामिना गर्ने चेष्टा कुनै दल र नेता–नेतृले नगरुन्।

यही वर्षभित्र हुने तिनै तहको चुनावलगत्तै बन्ने नयाँ प्रजातान्त्रिक सरकारले राष्ट्रिय ढुकुटीमा रहेको सम्पूर्ण रकमको हिसाबकिताब जनतालाई देखाएर, भिडाएर मात्र तिनकै निर्देशनबमोजिम राष्ट्रको विकास निर्माणमा रकम परिचालनगर्नुपर्छ । निर्वाचनमार्फत जनताले प्रतिनिधि छानेर राष्ट्रिय ढुकुटीको जिम्मा लगाउने व्यवस्था हामीले शिरोपर गर्दै आएका छौँ।

इन्धनको माग घटाउन भन्दै कार्यालयदेखि विद्यालयसम्म दुई दिन बन्द गर्ने निर्णय गरेको वर्तमान सरकारले निर्वाचनपछि जनप्रतिनिधिका सुविधाका नाउँमा एक पैसा नबढाओस्, मासिक तलबबाहेकका सबै सुविधा कटौती गरी राष्ट्रिय ढुकुटीमा दाखिला गरोस् । देश समृद्ध र जनता सुखी नबनाएसम्म औषधि उपचार खर्च,यातायात खर्च,भ्रमण खर्च, विद्युत्–पानी खर्च, सुरक्षा खर्चलगायतका सबै खर्च कटाएर आम जनतालाई सुखी र देशलाई सम्पन्न बनाउन अब बन्ने सरकारको ध्यान खिचियोस् । आवधिक निर्वाचनको उद्देश्यर आम जनताको चाहना पनि यही हो ।

प्रतिक्रिया दिनुहोस्