एकै दिन १ हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि



एजेन्सी ।

भारतमा  २४ घण्टामा एक हजार ८२९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २७ हजार १७७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ३३ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २९३ पुगेको छ । यस समयमा भारतमा ७५३ सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ६४७ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

चौविस घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म दुई हजार ५४९ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ८७ हजार २५९ लाई कोरोना सङ्क्रमण निको भएको छ ।

प्रतिक्रिया दिनुहोस्