फ्रेड वार्डको निधन



ट्रेमर्स, हेनरी एन्ड जुनजस्ता फिल्ममा गरेको भूमिकाका कारण दर्शकको मनमा बस्न सफल हलिउड अभिनेता फ्रेड वार्डको ७९ वर्षको उमेरमा हालै निधनभएको छ।

उनको निधनको खबर उनका सहयोगी रन हाफम्यानले गरेका हुन्, तर उनको निधनको कारण भने खुलेको छैन। चार दशकभन्दा बढी समयदेखि हलिउड फिल्म क्षेत्रमा सक्रिय उनी पछिल्लोपटक टु डिटेक्टिभ नामक टेलिभिजन कार्यक्रममा देखिएका थिए।

गोल्डेन ग्लोबजस्तो प्रतिष्ठित अवार्ड चुमेका फ्रेड फिल्म सर्ट कर्टसमा गरेको अभिनयका लागि भेनिस फिल्म फेस्टिभलमा पुरस्कृत भएका थिए। उनको निधनको खबरपछि हलिउड कलाकार तथा उनका शुभ चिन्तकले सामाजिक सञ्जालमा शोक व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्