कलाकार जन्माउने निर्देशक लामा रहेनन्



फिल्म निर्देशक हेमबहादुर लामाको ९४ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातका कारण अस्पताल भर्ना भएका उनको उपचारका क्रममा गत आइतबार महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा निधन भएको हो।

सोमबार स्वयम्भूमा बौद्ध परम्पराअनुसार दाहसंस्कार गरिनुअघि कलाकार तथा शुभेच्छुकले बालुवाटारस्थित निवासमा पुगेर उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए। उनले निर्देशन गरेको फिल्म आदर्श नारी त्यस बेलाको सफल फिल्म मानिएको थियो भने त्यसै फिल्मबाट उनका पुत्र क्याप्टेन विजय लामासँगै मोहन निरौला, अंशुमाला शाही, सन्नी रौनियारलगायतले ब्रेक पाएका थिए।

बाउ तिमी बिना मलाई बस्ने बानी छैन। तिम्रो यादले निकै सताउनेछ। तर, मलाई विश्वास छ, तिमी जहाँ छौ, खुसी छौ। तिम्रो खुसी नै मेरो खुसी हुनेछु क्याप्टेन लामाले आप्mना पिताको स्वर्गारोहणमा भावुक हु∫दै फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्