तनहुँकाे ऋषिङमा अध्यक्ष उपाध्यक्षमा कांग्रेस, वडामा गुमायो साख



तनहुँ ।

जिल्लाको ऋषिङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मंगलबार सम्पन्न भएको मत गणनामा कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले तीन हजार ३३५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिराज कँडेलले दुई हजार ७९२ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका श्रीराम आलेले तीन हजार ३३ मत पाए ।

उपाध्यक्षमा गिनुमाया थापा विजयी भएकी छन् । उनले चार हजार ४२९ मत पाएर विजयी भएकी हुन् । उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका मधुप्रसाद थापाले तीन हजार ४८९ मत पाए । अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा थापा दोहोरिएका हुन् । यस अगाडी वडामा पनि क्लिन स्विप पारेको कांग्रेसको साख भने गुमेको छ । दुई वडामा स्वतन्त्र र एक वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भए ।

ऋषिङ गाउँपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका कुश थापा ८३१ मत ल्याउँदै विजयी भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खिमबहादुर थापाले आठ सय २६ मत प्राप्त गरे । वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा दलबहादुर थापाले ४६१ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर थापाले ३४९ मत प्राप्त गरे ।

वडा नम्बर ३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । नेपाली कांग्रेसका भिमबहादुर थापाले ८०८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका बेलबहादुर आलेले २३६ मत पाए ।

वडा नम्बर ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा प्रेमराज श्रेष्ठले ७०६ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका वसन्त विकले ४६९ मत प्राप्त गरे । वडा नम्बर ५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा बुद्धिमान राना मगरले ८२२ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी नेकपा एमालेका भुवनबहादुर रानाभाटले ६०७ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ६ मा मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भक्तबहादुर आले ५६५ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका छविलाल आलेले ४७४ मत प्राप्त गरे ।वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दुर्गाबहादुर थापा भएका छन् । थापा ४९५ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका यामबहादुर थापाले २८९ मत प्राप्त गरे ।

वडा नम्बर ८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भरतकृष्ण श्रेष्ठ विजयी भएका छन् । ३९७ मत प्राप्त गरी श्रेष्ठ वडाध्यक्षमा विजयी भएका हुन् । प्रतिस्पर्धी नेकपा एमालेका रितबहादुर थापा मगरले ३८० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्