इन्डोनेयिामा शक्तिशाली भूकम्प



एजेन्सी ।

इन्डोनेसियाको जाकार्तामा मंगलबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ । मंगलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुुस भएको बताइएको छ ।सो भूकम्प ६ म्याग्निच्युडको रहेको यहाँका अधिकारीहरुले जनाएका छन् ।

यहाँको भौगर्भिक सर्वेक्षण संस्थाले जनाए अनुसार सो भूकम्प शक्तिशाली रहेको र यसको क्षतिको खोजी भइरहेको छ ।

भूकम्पको प्रभावित रहेको क्षेत्रमा उद्धार तथा खोजीको काम भइरहेको बताइएको छ । प्रारम्भिक रिपोर्टमा अहिलेसम्म कुनै क्षतिको विवरण थाहा भएको छैन । तर अधिकारीहरुले भूकम्प शक्तिशाली भएकाले भौतिक तथा मानवीय क्षति भएको अनुमान गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्