पाल्पाको रैनादेवी र रिव्दीकोटमा गठवन्धनबाट अध्यक्षमा कांग्रेस उपाध्यक्ष माओवादी विजयी 



पाल्पा ।

पश्चिम पाल्पाका दुइवटा गाउपालिकामा गठवन्धनका उम्मेदवार विजयी वनेका छन । रेनादेवछिहरा र रिव्दीकोटमा एउटाको अध्यक्षमा काग्रेस, उपाध्यक्ष माओवादी केन्द्र अर्कोमा माओवादी केन्द्र अध्यक्ष काग्रेस उपाध्यक्ष जितेका हुन् ।

रैनादेवी छहरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार अध्यक्षमा नेपाली कांग्रेसका रुक्मांगत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा विजयी भएका छन् ।अध्यक्षमा विजयी भएका कांग्रेसका भट्टराईले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्र युवराज थापाले ६ हजार ३ सय ७ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी गीता भट्टराई घिमिरेले ५ हजार ७ सय ६१ मत प्राप्त गरिन् ।रैनादेवी छहरामा आठ वडामध्ये सिद्देश्वर र भुवनपोखरीमा माओवादी केन्द्रका वडाध्यक्ष विजयी भए । यस्तै नेकपा एमाले छहरा र सत्यवतीमा विजयी भएको छ भने सोमादी, मुझुङ, जुठापौवा, बल्ढेङगढीमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

रैनादेवी छहरामा २०७४ सालको निर्वाचनमा कांग्रेस ६ वडामा विजयी भएकोे थियो भने माओवादी र एमालेले एक÷एक वडा विजयी भएका थिए ।त्यस्ते रिव्दीकोटमा गठवन्धन अध्यक्ष माओवादी केन्द्र उपाध्यक्ष नेपाली काग्रेसले जितेका छन ।रिब्दीकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण बहादुर कार्की विजयी भएका हुन् । उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार कान्ता अधिकारी विजय भईन् ।
कार्कीले ५ हजार ७ सय ४ मत प्राप्त गरि विजयी भएको निर्वाचन अधिकृत टिकाराम अर्यालले बताए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निवर्तमान गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले ४ हजार ७ सय २६ मत प्राप्त गरी उपविजयीमा सिमीत बने । पाँच दलीय गठबन्धनका तर्फबाट कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा विजयी नेपाली कांग्रेसकी कान्ता अधिकारीले ५ हजार ४ सय ७९ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी लक्ष्मी खनालले ४ हजार ९ सय २६ मत प्राप्त गरिन् । २०७४ सालको निर्वाचनमा रिब्दीकोट गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो ।१६ हजार ३ सय ९५ मतदाता रहेको रिब्दीकोट गाउँपालिकामा ११ हजार २ सय ५९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्