भरतपुरमा माओवादी केन्द्र र एमालेबीच कडा टक्कर : रेणु दुई सय मतान्तरले अगाडि, विजय पछ्याउँदै



चितवन ।

भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) र एमालेबीच कडा टक्कर परेको छ ।
मेयरमा गठबन्धनकी साझा तथा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनुले नेकपा (एमाले)का विजय सुवेदीलाई २११ मतले पछि पारेकी छन् ।
पछिल्लो मतपरिणामअनुसार १९५८३ मतगणना हुँदा रेनुले ६६०२ मत प्राप्त गरेकी छन् । उनका निकटम प्रतिस्पर्धी तथा एमालेका विजयले ६३९१ मत प्राप्त गरेका छन् । भरतपुरमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन छ ।

प्रतिक्रिया दिनुहोस्