आज २८ औं मदन-आश्रित स्मृति दिवस



काठमाडौं ।

नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र जिवराज आश्रितको निधन भएको २८ बर्ष पुगेको छ । २०५० साल जेठ ३ गतेका दिन नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा परेर ज्यान गएको थियो ।

पंचायती व्यवस्थाको कालो शासन व्यवस्थाबाट भर्खरै मात्र खुल्ला राजनीतिमा प्रवेश गरेको तत्कालिन मालेलाई यौटा राम्रो शक्तिका रुपमा स्थापित गराउनका लागि मदन भण्डारीको ठूलो योगदान रहेको थियो ।

एमालेले अहिले पनि भण्डारीलाई जननेताका रुपमा मानिरहेको छ । जननेता अर्थात जनताको नेता । जनताले मन पराएको नेता । जनताद्वारा रुचाइएको नेता । जनताले मन पराएको नेता भएका कारणले गर्दा नै होला मदन भण्डारीलाई जननेता भनिएको छ ।त्यसैगरी आश्रित पनि कुशल संगठकका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्