गाेरखाकाे धार्चे गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमालेको प्यानल नै विजयी



गोरखा  । 

धार्चे गाउँपालिका-६ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार धन कुमार घलेको प्यानल नै विजयी भएको छ । चार दलीय गठबन्धनलाई हराउँदै घलेको प्यानल नै विजयी भएको हो ।

घले २०७४ सालमा अत्याधिक मत ल्याएर गण्डकी प्रदेशकै कान्छो वडाध्यक्ष बनेका थिए बनेका थिए । यस पटक घलेविरुद्ध कांग्रेस, माओवादी, नेकपा ९एस० र जसपाको गठबन्धन थियो ।

गठबन्धनले वडाध्यक्षमा कांग्रेसका मान बहादुर गुरुङलाई उम्मेदवार बनाएको थियो । तर, गुरुङ ४ मतान्तरले हारेका छन् । वडाध्यक्ष घलेले ५६१ मत ल्याउँदा गुरुङले ५५७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्