सल्यानको शारदा नगरपालिकामा कांग्रेस विजयी



सल्यान ।

सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजय भएको छ । गठबन्धनलाई हराउँदै उम्मेदवारद्वय मेयरमा प्रकाश भण्डारीले र ६९९४ र उपमेयरमा सुस्मिता सापकोटाले ५३८० मत ल्याएर विजय भएका हुन् ।

मेयर भण्डारीका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार मनोज प्रधानले ४९३७ मत ल्याएर पराजित भएका छन् । उपमेयरका प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रमेश कुमार गौतमले ४३९५ मत ल्याएर पराजित भएका हुन् । यस नगरपालिकामा २०७४ सालको निर्वाचनमा पनि कांग्रेस विजय भएको थियो । यो सहित सल्यानका ५ पालिकाको मतगणना सम्पन्न भैइसकेको छ ।

जस मध्य ४ पालिकामा प्रमुख पदमा कांग्रेस नै विजय भएको छ भने एक पालिकाम समाजवादी र नेकपा माओवादीको गठबन्धनको प्यानल विजय भएको छ ।

प्रतिक्रिया दिनुहोस्