सल्यानको कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका पुन निर्वाचित



सल्यान ।

सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन निर्वाचित  भएका छन् ।सल्यानमा गठबन्धबाट अध्यक्ष पदमा उम्मेदवार बनेका पुनले एमालेका भीमबहादुर सेनलाई २२४ मतान्तरले  पराजित गरेका हुन् । उनले ३१६० मत प्राप्त गर्दा सेनले २९३६ मत प्राप्त गरे ।

माओवादी केन्द्रका प्रकाश भण्डारी ३२४० मत प्राप्त गरेर उपाध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भीमा बुढाथोकीले २७४५ मत प्राप्त गरिन् । कपुरकोटमा समाजवादी र माओवादीबीच गठबन्धन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्