धैर्य र संयमता : सफलताको साँचो हो



मलाई आशा छ, यो अवस्थामा तपाईँ सुरक्षित हुनुहुन्छ । आनन्दमा हुनुहुन्छ । अनि, यो दिनलाई तपाईँले आफ्नो हातबाट रित्तै फुत्कन दिनुभएको छैन । कुनै न कुनै रूपमा, कुनै न कुनै प्रकारले तपाईँले आफ्नो जीवनमा यो समयलाई, यो दिनलाई सदुपयोग गर्न सिक्नुभएको छ ।

कोरोना भाइरसको यो परिस्थितिमा तपाईँ दुःखी नै भइरहनुपर्छ भन्ने पनि होइन । तपाईँ जहाँसुकै हुनुहोस्, जस्तोसुकै अवस्थामा हुनुहोस्, वास्तविक खुशी त तपाईँभित्रै हुन्छ । बाहिर के भइरहेको छ, के भइरहेको छैन– त्यससँग त्यो वास्तविक खुशीलाई केही लिनुदिनु छैन । वास्तविक चीज त तपाईँभित्रै छ । अनि, सबैभन्दा ठूलो कुरा तपाईँ त्यस आनन्दलाई आपैmँसँग लैजान सक्नुहुन्छ । खालि हात त आउनुभएको थियो । खालि हात नै तपाईँले जानुपर्ने पनि हुन्छ तर तपाईँले जीवनको आनन्दलाई साथैमा लिएर जान सक्नुहुन्छ ।

यो परिस्थितिमा पनि त्यो आनन्द तपाईँभित्रै छ । कुरा के मात्र हो भने, के तपाईँलाई त्यो खानी खन्न आउँछ ? त्यो खेत जोत्न आउँछ ? किनकि, यदि तपाईँले त्यो खेतलाई जोत्नुभयो भने त्यहाँबाट केही न केही त अवश्य उत्पादन हुनेछ । अनि, तपाईँले त्यस चीजलाई प्राप्त गर्नुहुनेछ, जसबाट तपाईँ वास्तवमा सम्पन्न अर्थात् धनी बन्न सक्नुहुनेछ ।

यस संसारमा केही मानिसहरू यस्ता छन्– यदि उनीहरूलाई धनी बन्नु छ भने पैसा नै चाहिन्छ भन्ने सोच्छन् । अनि, केही मानिसहरू यस्ता पनि छन्, जसलाई यदि धनी बन्नु छ भने त्यसका लागि ‘हृदयबाट धनी हुनुपर्छ र हृदयमा आनन्द हुनुपर्छ’ भन्ने कुरा थाहा छ । उनीहरूभित्र रहेको दिव्य चीजसँग उनीहरूले परिचय गर्नुपर्दछ ।

त्यसलाई उनीहरूले चिनेपछि, त्यसका बारेमा जानेपछि मात्र उनीहरू वास्तविक धनी बन्नेछन् । जो पैसावाला धनी हुन्छन्, तिनले पैसालाई आपूmसँग लिएर जान सक्दैनन् । यद्यपि आनन्दलाई आफ्नो साथमा लिएर जान सक्छन् । यदि तपाईँलाई वास्तविक आनन्द चाहिन्छ भने त्यसका लागि आपूmले आपूmलाई चिन्नुपर्नेछ । आपूmले आपूmलाई पहिचान गर्नुपर्नेछ ।

दुई प्रकृतिका मानिसहरू हुन्छन् । पहिलो त्यो हो, जसलाई थाहा छ– उसले सधँै के बुझ्ने कोशिश गरिरहन्छ भने, ऊभित्र आइरहेको श्वास कति मूल्यवान् छ । दोस्रो त्यो जसभित्र श्वास आइरहेको छ, गइरहेको छ तर त्यससँग उसलाई केही वास्ता हुँदैन । उसले वास्तवमा खोजिरहेको चीज त ऊभित्रै विराजमान छ ।

यो कुरासँग पनि उसलाई केही मतलब हुँदैन । दुवै व्यक्तिसँग के हुन्छ ? एकदिन पहिलो व्यक्तिले पनि जानुपर्छ अनि एकदिन दोस्रो व्यक्तिले पनि जानुपर्छ । पहिलो त खालि हात अवश्य आएको थियो तर खालि हात जानेछैन । किनभने, उसको हात वास्तविक आनन्दले भरिभराउ छ । अनि अर्को, उसको हात खालि छ । किनभने, उसले त्यस आनन्दलाई स्वीकार नै गरेन ।

धेरै समयअघिको कुरा हो । एकजना राजा थिए । तिनी निकै नै धनी थिए । एकदिन उनले एउटा सपना देखे । उनले यो देखे– उनी छिमेकी देशसँग युद्ध गरिरहेका थिए । एकदमै ठूलो युद्ध भइरहेको थियो । उनले त्यो युद्धमा सारा राजपाठ, धनसम्पत्ति सबैथोक हार्छन् । त्यसपछि उनले आफ्नो ज्यान बचाउनका लागि त्यो युद्ध मैदानबाट भाग्नुपर्ने भयो । भाग्दा–भाग्दा उनी एउटा जङ्गलमा पुग्छन् । पानी परिरहेको हुन्छ । उनलाई भोक पनि लागेको छ । उनी एकदमै थाकेका छन् । उनले आराम गर्नका लागि कुनै पनि ठाउँ भेटाइरहेका हुँदैनन् ।

त्यहाँ यसो खान पाइयोस् भन्ने पनि भएन । अझ अलिकति टाढा हिँड्दै जाँदा उनले एउटा सानो झुप्रो देख्छन् । त्यस छाप्रोमा एउटी वृद्ध महिला बसेकी थिइन् । उनले ती वृद्ध महिलासँग भन्छन्– ‘आमा तपाईँसँग केही खानेकुरा भए दिनुहोस् न !’

वृद्ध महिलाले भन्छिन्, ‘महाराज, मसँग त केही पनि छैन । यो अलिकति दाल र चामल छ । यसको खिचडी बनाएर खानुहोस् ।’

राजाले उनलाई धन्यवाद दिँदै दाल–चामल लिए । त्यसपछि उनले जङ्गलबाट केही दाउरा खोजेर ल्याए । आगो बाल्ने कोशिश गर्न थाले । दाउरा भिजेको थियो । एकदमै कठिनसँग उनले आगो बाले । जसोतसो गरेर खिचडी पकाए । खिचडी पाकेपछि उनले एउटा पातमा त्यसलाई सेलाउन भनेर पस्किए । यत्तिकैमा दुईवटा साँढे जुध्दै–जुध्दै आए अनि त्यो सारा खिचडीलाई माटोमा मिलाइदिए ।

यस घटनापश्चात् राजाको आँखाबाट अश्रु बहन लागे । यत्तिकैमा उनी निद्राबाट बिउँझिए । उनी चारैतिर हेर्छन् । पाले–पहरेहरू उभिइरहेकै छन् । त्यही पलङ, त्यही राजमहल, तिनै सबै चीजहरू छन् । अनि, उनको मनमा शङ्का भयो– साँचो कुराचाहिँ के हो ? जे म देखिरहेको छु यो सपना हो या जुन मैले केही समयअघि देखिरहेको थिएँ, त्यो सपना हो ?
उनले सारा देशवासीलाई आह्वान गरिदिए– ‘जसले मेरो प्रश्नको उत्तर दिन्छ, तिनलाई म सारा राजपाठ सुम्पिदिनेछु । उत्तर दिन भनेर ठूला–ठूला आचार्य, ठूला–ठूला विद्वान्हरू आए । तर, राजा तिनको उत्तरबाट सन्तुष्ट हुन सकेनन् ।

एकदिन एकजना साना बालक– जसको नाम अष्टावक्र थियो । उनका हात–खुट्टा बाङ्गाटिङ्गा थिए । शरीर पनि बाङ्गोटिङ्गो थियो । उनी राजाको दरबारमा आउँछन् । सबैजनाले उनलाई देखेर हाँसोमा उडाइरहेका हुन्छन्– ‘यस्तो मानिस ! शरीर नै कुरूप छ । यस्ताले के यो प्रश्नको जवाफ दिन सक्छन् ?’

अचानक उनले राजातिर हेरेर भने, ‘महाराज ! तपाईँले मलाई यस्ता मानिसहरूका बीचमा किन बोलाउनुभएको ? यिनीहरूले मेरो अपाङ्गतालाई देखेरै म कस्तो हुँ भन्ने अनुमान गर्ने मुख्र्याईँ गरिरहेका छन् । यिनीहरूलाई त मेरो बाहिरी शरीरसँगको मात्रै चिनारी छ । तर, मभित्र जे छ त्यसका बारेमा यिनीहरूलाई थाहा छैन ।’

राजालाई महसुस भयो– यिनी पक्कै सामान्य मानिस होइनन् । यिनी कोही विशेष हुनुपर्छ । राजाले उनलाई स्वागत गरेपछि नम्रतापूर्वक उनीसँग सोधे– ‘सन्तजी, मलाई बताउनुहोस्, कुनचाहिँ सपना सत्य हो ? जुन म देखिरहेको थिएँ, के त्यो सत्य हो या जुन म अहिले देखिरहेको छु, यो सत्य हो ?’

त्यसपछि अष्टावक्रले उनलाई जवाफ दिँदै भन्छन्, ‘महाराज ! यी दुवै स्वप्ना हुन् !’जे तपाईँले सपनामा देख्नुभयो, न त त्यो सत्य हो । किनकि, त्यो एउटा सपना थियो । जुन तपाईँ अहिले यी आँखाले देखिरहनुभएको छ, जसलाई तपाईँ वास्तविक मान्नुहुन्छ– न त यो सत्य हो । किनभने, यो पनि एउटा सपना नै हो । सत्य त केवल एउटा परमात्मा हुन् । तिनलाई चिन्नुहोस् । यदि तपाईँले उनलाई चिन्नुभएन भने जति पनि गर्नुभएको छ, त्यो पनि सबै व्यर्थ जानेछ ।

यो संसारमा सुख–दुःखका पछि सबैजना लागेका छन् । तर, एउटा वास्तविक सुख पनि छ अनि त्यो सुख तपाईँको हृदयमा छ । जबसम्म तपाईँ त्यस सुखलाई बुझ्नुहुन्न, चिन्नुहुन्न, तबसम्म तपाईँको हृदयमा आभार उत्पन्न हुनेछैन । तपाईँको जीवनमा आभार उत्पन्न हुनेछैन । जसरी आउनुभएको थियो त्यसरी नै तपाईँ एकदिन जानुहुनेछ । तर, एउटा सम्भावना छ, तपाईँ आफ्नो जीवनलाई पूरा गर्न सक्नुहुन्छ । त्यस आनन्दलाई प्राप्त गर्न सक्नुहुन्छ । किनभने, तपाईँभित्रै त्यो परमसुख छ । तपाईँले त्यसलाई चिन्नुभएपछि तपाईँको जीवनमा पनि सुख नै सुख प्राप्त हुनेछ ।

लडाइँ बाहिरबाट हुने होइन, त्यो मानिसको भित्रबाट आउँछ अनि शान्ति पनि मानिसभित्रबाटै आउँछ । शान्ति पनि मानिसभित्रै हुने कुरा हो । जब दुवै कुरालाई उसले पहिचान गर्न थाल्छ, तब उसले राम्रो र खराब के हो भन्ने कुरालाई बुझ्न थाल्छ । आपूmले आपूmलाई चिन्नुहोस् ! आपूmले आपूmलाई पहिचान गर्नुहोस् ।

जब मानिसले आफ्नो प्रकृतिलाई बुझ्न थाल्छ तब उसलाई थाहा हुन्छ– शान्ति मभन्दा टाढा छैन । म शान्तिबाट टाढा छैन । लडाइँ बाहिरबाट हुने होइन, त्यो मानिसको भित्रबाट आउँछ अनि शान्ति पनि मानिसभित्रबाटै आउँछ । शान्ति पनि मानिसभित्रै हुने कुरा हो । जब दुवै कुरालाई उसले पहिचान गर्न थाल्छ, तब उसले राम्रो र खराब के हो भन्ने कुरालाई बुझ्न थाल्छ । आपूmले आपूmलाई चिन्नुहोस् ! आपूmले आपूmलाई पहिचान गर्नुहोस् ।

जबसम्म आपूmले आपूmलाई चिन्न सकिँदैन, पहिचान गर्न सकिँदैन, तबसम्म शान्ति हामीबाट टाढा छैन भन्ने कुरालाई बुझ्न सकिँदैन । शान्ति त भित्रको कुरा हो । यसर्थ यो संसारलाई बदल्नु आवश्यक छैन । यदि तपाईँसँग एउटा टर्च छ र त्यसमा एउटा बल्ब छ । बल्ब जल्यो भने एउटा नयाँ बल्ब राखिदिनुहोस् अनि त्यो बल्न थाल्नेछ ।

यो कुरा मानिसमा पनि लागू हुन्छ । मानिसले पनि आपूmले आपूmलाई चिन्यो, आपूmले आपूmलाई बुझ्यो भने यी सबै कुरालाई बदल्नुपर्ने आवश्यकता नै पर्दैन । किनकि, चीजलाई अलिकति बदल्नु, अलिकति सहज तुल्याउनु यो कुरा त मानिसको दिमागको आविष्कार हो । यद्यपि यसमा न त कुनै खराबी छ, न कुनै राम्रोपना छ ।

वास्तवमा शान्तिको स्रोत मानिस हो, ती चीजहरू होइनन् । यसको अर्थ के हो भने, खाना पकाउन नजान्नेलाई तपाईँले राम्रा–राम्रा सरसामान जुटाइदिए पनि खाना स्वादिष्ट बन्नेछ भन्ने हुँदैन । ठीक विपरीत जसलाई आउँछ उसलाई अलिअलि कमसल चीज प्राप्त भए पनि उसले त त्यसैबाट पनि राम्रो पकाउन सक्छ । यसर्थ यही नै अन्तर हुन्छ ।

शान्तिको सम्बन्ध केवल एउटा चीजसँग हुन्छ र त्यो हो– मानिस । शान्ति उसैभित्र छ र सदैव रहेको छ । केवल त्यसलाई अनुभव गर्नु आवश्यक छ । यदि मानिसले आफ्नो ध्यानलाई थोरै भए पनि त्यतातिर मोड्ने हो भने उसले आफ्नो जीवनमा धेरै कुरालाई बदल्न सक्छ ।

-मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।

प्रतिक्रिया दिनुहोस्