मौन अवधि भर्सेस इशारा अवधि



अन्ततः स्थानीय निर्वाचन सम्पन्न भएको छ । यो आलेख सार्वजनिक हुँदासम्म समयमै मतहरु गणना गर्ने कार्यको थालनी हुन सक्यो भने कुनै–कुनैको नतिजा सार्वजनिक भैसकेको हुनेछ भने धेरै मत खसेको विशेष गरी महानगर तथा नगरपालिकाहरुको अन्तिम नतिजा घोषणा हुन केही समय लाग्नेछ ।

स्थानीय निर्वाचनको परिणामले मतदाताहरु कुनै पनि कारणबाट कति सचेत भएछन् वा भएनछन् भन्ने कुराको पनि निक्र्योल निस्कनेछ । जतिसुकै प्रचारप्रसार वा इमानदारिता र मतदाता चेतनाको हुइम चलाएको भए तापनि त्यसले कत्तिको प्रभाव पायो भन्ने कुरा सम्पूर्ण परिणामले पक्कै प्रतिनिधित्व गर्नेछ ।

विगतका प्रत्येक निर्वाचनमा इमानदारी राजनीतिभन्दा पनि छलछाम, पद–प्रतिष्ठाको धाक र अनुचित नगद प्रवाहलगायत झेली खेल खेल्न खप्पिस राजनीतिक व्यवसायीहरुले यसपटक पनि यस्ता कार्यलाई निरन्तरता दिए । मौन अवधि शुरु भैसक्दा पनि देखाएका र देखिएका परिदृश्यहरुले यी कुरालाई प्रमाणित गरिसकेका छन् । मौन अवधि भर्सेस इशारा अवधिले ठूलै काम गरेको आँकलन गरिएको छ । सम्पूर्ण निर्वाचन परिणामले त्यसको प्रतिशत आँकलन गर्न सकिनेछ । त्यसको लागि केही समय कुर्नै पर्छ ।

छलछाम, पद–प्रतिष्ठाको धाक र अनुचित नगद प्रवाहलगायत झेली खेल खेल्न खप्पिस राजनीतिक व्यवसायीहरुले यसपटक पनि यस्ता कार्यलाई निरन्तरता दिए । मौन अवधि शुरु भैसक्दा पनि देखाएका र देखिएका परिदृश्यहरुले यी कुरालाई प्रमाणित गरिसकेका छन् । मौन अवधि भर्सेस इशारा अवधिले ठूलै काम गरेको आँकलन गरिएको छ ।

जे–जस्तो भए पनि गएको स्थानीय निर्वाचनमा एउटा कुराचाँहि परिवर्तन भएको अनुभूतिचाहिँ भएको छ । त्यो के हो भने, यस स्थानीय निर्वाचनमा पुग नपुग १५ हजार उम्मेदवारहरु जो ३० वर्षमुनिका युवाहरु थिए तिनीहरुको उम्मेदवारी परेको रहेछ । जसले परिवर्तनका संवाहक युवाहरु नै हुन् भन्ने कुरालाई स्थापित गरिदिएको छ ।

हुन त संख्यात्मकरुपमा ३१ देखि ५० वर्ष समूहका उम्मेदवारहरु बढी देखिन्छन्, तथापि यसले अब आउने निर्वाचनमा ३० वर्षमुनिका युवाहरुबाट नै बढीसे बढी प्रतिनिधित्व हुने कुरामा आशावादी भने हुन सकिन्छ, जुन देशको भविष्यको लागि सकारात्मक सन्देश हो । यी युवाहरुले अठोट गरे भने ती ३० वर्षमुनिका युवाहरुको जमातले एउटा छुट्टै राजनीतिक दल दर्ता गरी देशका नाम चलेका इमानदार विशेषज्ञहरुबाट प्रशिक्षित भई आगामी हुने संघीय संसद्को निर्वाचनमा उम्मेदवारी दिएर हस्तक्षेपकारी भूमिकामा आउन सके सुनमाथि सुगन्ध हुने थियो ।

भर्खरै सम्पन्न यस निर्वाचनपूर्व कुनै पनि तहको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दिँदा कम्तीमा केही कुराको बारेमा मतदाताहरुलाई आश्वस्त पार्ने कुराहरुलाई निर्वाचनको बजारमा ल्याउनेछन् भन्ने आशा गरिएको थियो । जनताको सेवालाई प्राथमिकतामा राखी इमानदारीपूर्वक राजनीति गर्ने उद्देश्य बोकेर उम्मेदवारको रुपमा उठ्ने कुनै पनि व्यक्ति चाहे ती कुनै दलको प्रतिनिधित्व गरेर आएका हुन् वा स्वतन्त्ररुपमा आएका हुन्, तिनीहरुले आम स्थानीय मतदातासमक्ष आफ्नो व्यक्तिगत घोषणापत्रमा पहिलो स्थानीय राजनीतिमा देखिइरहेको विविध खाले विसंगतिहरुको बहिर्गमन, दोस्रो स्थानीय न्याय प्रणालीको सशक्तीकरण, तेस्रो स्थानीय विकास, चौथो सामाजिक न्याय र पाँचौं संविधानप्रदत्त मानवका सामान्य मौलिक अधिकारहरुमध्येका महत्वपूर्ण अधिकारहरु जस्तै– शिक्षा, स्वास्थ्य र रोजगारजस्ता विषयहरुमा सम्बोधन गर्दै प्रत्येक वर्षका स्थानीय योजनाहरुको खाकासहित मतदातासमक्ष आउने अपेक्षा गरिएको थियो ।

विडम्बना प्रायः उम्मेदवारहरुबाट यस्तो हुन सकेन । पहिलाजस्तै घोषणापत्र र प्रतिबद्धताको पुलिन्दा नै खडा भयो, वितरण गरियो, तर ती पुलिन्दाहरुमा न त कुनै उम्मेदवारका वार्षिक कार्यक्रम परे, न त आपूmले बाचा गरेका कुराहरु पूरा हुन नसकेमा प्रायश्चित्तका खाका नै परे ।
एउटा अपत्यारिलो सत्य के हो भने, पाँच वर्षअगाडि भएको स्थानीय निर्वाचनमा जुन उमंग र उत्साहका साथ आम मतदातामार्पmत स्थानीय जनप्रतिनिधिहरु छानिन पुगेका थिए केही सामान्य अपवादको रुपमा बाहेक छानिएका स्थानीय प्रतिनिधिहरुले आम मतदाताहरुलाई ढाँट्नसम्म ढाँटे ।

स्थानीय निकायमा यो अवधिमा भएका कहाली लाग्दा भ्रष्टाचारहरुका कारण आम स्थानीय जनता र मतदाताको कुनै पनि ठूला दलहरुप्रति रहेको स्नेहभाव खरानीमा परिणत हुन पुग्यो । भर्खरै सम्पन्न भएको निर्वाचन प्रचारप्रसारका क्रममा घरदैलो गइटोपलेको अवस्थामा हात हल्लाए पनि कुटिल मुस्कान फ्याँके पनि विशेष गरेर ठूला कहलिएका दलहरुका उम्मेदवारहरुलाई मतदाताको खासै स्नेह प्राप्त हुन सकेन ।

यसो हुनु भनेको भलै यो निर्वाचनमा पनि ठूला दलकै उम्मेदवारहरुको वर्चश्व कायम भएको देखिए तापनि मतदाताहरुको स्नेहभावचाहिँ विलीन हुन पुगेको छ । त्यसको सट्टा बरु स्वतन्त्र उम्मेदवारहरुप्रति मत प्रदान नगरे पनि स्वतन्त्र उम्मेदवारप्रति आम मतदातालगायत कतिपय दलका कार्यकर्ताहरुसमेतको स्नेहभाव जागृत हुन पुग्यो । धनगढी मेयरका उम्मेदवार गोपी हमाल र काठमाडौं मेयरका उम्मेदवार बालेन शाह प्रतिनिधि उदाहरण बनेका थिए ।

स्थानीय निर्वाचनको मिति तोकिसकेपछि सही रूपमा मतदाताहरूको काँधमा पनि असल उम्मेदवार छनौट गर्नुपर्ने एउटा महत्वपूर्ण जिम्मेवारी थपिएको थियो । त्यो जिम्मेवारी मतदाताहरुले आफ्नो मतदान गरेर पूरा गरेका छन् भन्ने आम जनसमुदायको बुझाइ छ ।

इतिहासको पाना पल्टाउँदा पञ्चायतको ३० वर्ष र राजनीतिक झेलीहरुले नामाकरण गरेका बहुदलीय तन्त्र, लोकतन्त्र, प्रजातन्त्र वा गणतन्त्र नामका तन्त्रहरुसमेत गरेर त्यति बेलाका युवा जो अहिले ज्येष्ठ नागरिकमा दरिइसकेका छन्, यसबीचमा कतिपय दिवंगत पनि भैसकेका छन्, के यी सबैले ६० वर्षसम्म दिएको देनको उपलब्धि आजको अवस्थामा मात्रै हो ।

६० वर्षअघि हामीभन्दा कति गरिब र तन्नम अवस्थामा रहेका देशहरु अहिले कुन अवस्थामा छन् र हामी कुन अवस्थामा छौं, दाँजेर हेर्ने हो भने गर्वले शिर उठाउने होइन कि लज्जाबोधले शिर झुकाएर हिँड्नुपर्ने अवस्था छ ।

देशको समस्या सम्बोधन गर्न पठाइएका जनप्रतिनिधिहरू नै भ्रष्टाचारलगायत गम्भीर किसिमका कसुरहरुमा लिप्त बन्न पुगे । साँच्चिकै गहन अनुसन्धान गर्ने हो भने प्रमाणित र अप्रमाणित गरी थेग्नै नसक्ने अवस्थामा देश पुगिसकेको छ । यसबारेमा कोही अनभिज्ञ छैन । जनताको सेवा गर्छु भनी कसम खाएर छानिएका प्रतिनिधिहरु दिनदहाडै भ्रष्टाचारको कसुर गर्दै गरेको र रकम लेनदेन भैरहेकै स्थानमा पक्राउ परेका छन् । देश अभैm संक्रमणकालबाट बाहिर निस्कन सकेको छैन ।

थुप्रै आरोह तथा अवरोहहरू पार गर्न बाँकी नै छ । आम मतदातासमक्ष मुख देखाउन लाज भैसकेको अवस्थामा लाज पचाएर भए पनि दलका प्रतिनिधिहरुले भर्खरै सकिएको निर्वाचनमा मत माग्ने काम गरेका छन् । जो–जसले विजय हासिल गर्छन्, के तिनीहरुले साँचो अर्थमा स्थानीय जनताको समस्यालाई सार्थक सम्बोधन गर्छन् त भन्ने प्रश्न अहिले पनि आएर ज्युँका त्युँ छ । यसको रुप हेर्न सबै निर्वाचन परिणाम आइसकेपछि केही समय कुर्नुपर्ने छ ।

कहिले के तन्त्र त, कहिले के तन्त्रको नाम भजाएर आफ्नो स्वार्थ सिद्ध गर्ने राजनीतिक अंशियारहरुकोे जमातले देशको भविष्यमाथि गम्भीर खेलबाड गरिराखेका छन् भन्ने कुरा राजनीतिका उच्च नेतृत्वमा रहेका व्यक्तिहरुले भर्खरै निर्वाचनको सिलसिलामा जिल्ला–जिल्लामा पुगेर दिएका भाषणहरुले पुनः प्रमाणित गरेका छन् । राजनीतिक अंशियारहरुको क्रियाकलापहरुलाई नियाल्दा वर्तमानका युवापुस्ताहरुलाई थप अँध्यारोतिर धकेलिरहेको प्रतीत हुँदै छ ।

प्रत्येक पिँढीहरुमा उदाउँदै गरेका युवाहरुका जोश–जाँगरलाई राजनीतिक अंशियारहरुले आफ्नो स्वार्थमा भरमग्दुर उपयोग गर्ने क्रमले अहिले पनि निरन्तरता पाइछाड्यो । होनहार युवाहरुलाई देशको विषयमा सार्थक सम्बोधन गर्ने अवसरबाट सधैँ वञ्चित नै तुल्याउने काम भयो । चिप्लो र आशारुपी अश्वासनको पोको मात्र वितरण गरी युवाहरुलाई आफ्नो स्वार्थको जालमा फसाउने धन्दाको निरन्तरता वर्तमानमा पनि जारी नै रह्यो ।

विभिन्न कालखण्डमा भएका आन्दोलनहरुलाई विश्लेषण गर्दा देशमा जति पनि आन्दोलन भए ती सबै आन्दोलन अन्ततः राजनीतिक परिवर्तनको नाउँमा व्यक्तिगत स्वार्थपे्ररित आन्दोलनमा मात्र परिभाषित हुन पुगे । सामाजिक कुसंस्कार र गलत प्रवृत्तिको परिवर्तनविरुद्ध आन्दोलन गरिएको भनिए तापनि व्यक्तिगत र स्वार्थपे्ररित विषयवस्तुहरु हाबी भइदिँदा आन्दोलनले बोकेको मर्म धराशायी हुन पुग्यो ।

जनजनका चाहना र आवश्यकताका विषयहरुमा सार्थक सम्बोधन हुनै सकेन । काँचा निर्दोष युवाहरुलाई भ्रममा पार्दै अश्वासनको पोकोमार्पmत जिन्दावाद र मुर्दावादको नारा घन्काउन लगाउने कार्यले यसपालिको स्थानीय निर्वाचनमा पनि अग्रस्थान ओगट्न पुग्यो । निर्वाचनमा बालबालिकाको प्रयोग व्यापक मात्रामा भएको सामाजिक सञ्जालमा छरपस्ट देखियो ।

निर्वाचन हुनुपूर्व आम मतदातासमक्ष एउटा गम्भीर प्रश्न खडा भएको थियो । त्यो के हो भने, निर्वाचनको विषयलाई लिएर कुनै पनि दलको प्र्रतिनिधि वा स्वतन्त्रै व्यक्ति उम्मेदवार भए पनि मत माग्न आएका बखत ती उम्मेदवारसमक्ष केही गम्भीर प्रश्नहरु आम मतदाताहरुले राख्नै पर्ने बाध्यता बनेको थियो । कतिपय ठाउँमा उम्मेदवारहरुलाई उम्मेदवारहरुको आचरणदेखि लिएर विकासबारे गम्भीर प्रश्नहरु राखिए । कतिपय स्थानमा प्रश्नको जवाफ दिन नसकेको अवस्थामा स्थानीयबाट लखेटिए पनि ।

जुन स्थानको लागि जनप्रतिनिधिको लागि मत माग्न आएका थिए सम्बन्धित स्थानीयवासीले त्यो मत माग्न आउने उम्मेदवारको नालिबेली पत्ता लगाउने काम पनि गरे । यस अर्थमा मत हाल्नुअघि जे–जति काम गरे पनि आफ्नो मतमार्पmत यो निर्वाचनमा हामीले के–कस्ता उम्मेदवार छान्यौ्र ? भन्ने प्रश्न आजको दिनसम्म पनि मतदाताको मथिंगलमा घुमिरहेको हुनुपर्दछ ।

अबको अवस्था भनेको जो–जो प्रतिनिधि छानिन्छन् तिनीहरुले आफ्नो कार्यकालमा पुनः गलत पद्धति बसाल्न प्रयत्न गरे वा स्थानीयको समस्या सम्बोधन गर्न आलटाल गरे भने तुरुन्त खबरदारी गर्ने हैसियत हामी मतदाताले बनायौं कि बनाएनौं, त्यसैको आधारमा वर्तमानमा चुनिएका जनप्रतिनिधिहरुले आफ्नो काम थाल्नेछन् भन्ने कुराको हेक्का हामी प्रत्येक मतदाताले राख्नुपर्दछ ।

-लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।
[email protected]

प्रतिक्रिया दिनुहोस्