दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा एमाले विजयी



काठमाडौं ।

दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेका नरसिंह चैसिर विजयी भएका छन् । चैसिरले ५ हजार १३ मत पाए भने उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गरेका छन् ।

भट्टले २०७४ को स्थानीय तहको निर्वाचनमा चैसिरलाई पछाडि पार्दै विजयी भएका थिए । यस्तै उपमेयरमा एमालेकी दुर्गा विष्टले जीत हासिल गरेकी छिन् । विष्टले ४ हजार ६ सय २६ मत पाए भने उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सुना बोहराले ४ हजार १ सय ८२ मत पाए ।

प्रतिक्रिया दिनुहोस्